ट्राइयाथलन टोली चीन प्रस्थान
काठमाडौँ । चीनको हाङ्गझाउमा आयोजना भइरहेको १९ औँ एसियाली खेलकुदमा प्रतिस्पर्धा गर्न नेपाली ट्राईयाथलन टोली हाङ्गझाउ प्रस्थान गरेको छ ।
नेपाली टोलीमा टिम व्यवस्थापकमा संघका महासचिव युवराज सुनुवार, प्रशिक्षकमा शुभ श्रेष्ठ र खेलाडीहरुमा श्रेवी महर्जन, युस्का महर्जन, मौलिक महर्जन र वसन्त थारु रहेका छन् ।
ट्राईयाथलनमा नेपालले व्यक्तिगत र मिक्स रिलेमा प्रतिस्पर्धा गर्ने छ । श्रेवी, मौलिक र वसन्तले व्यक्तिगत र मिक्स रिलेमा प्रतिस्पर्धा गर्ने छन् भने युस्काले मिक्स रिलेमा मात्र प्रतिस्पर्धा गर्नेछिन् ।
वसन्त थारु बाहेक अन्य खेलाडीहरुको एसियन गेम्समा पहिलो अनुभव रहेको छ । वसन्त थारुले दक्षिण एसियाली खेलकुदमा नेपालका लागि पदक दिलाइसकेका छन् भने यस अघि कोरियामा आयोजना भएको इनचोन एसियन गेम र ईडोनेसियामा भएको जाकार्ता एसियन गेम्समा सहभागिता जनाइसकेका छन् ।
ट्राईयाथलन प्रतियोगिता १९ गते शुक्रवारबाट सुरु हुनेछ । आधिकारिक रूपमा ट्राईयाथलन संघको स्थापना पश्चात् छोटो समयमा नै नेपाली खेलाडीहरूले नेपालका लागि पदक जोड्न सफल भइसकेका छन् ।
नेपाली टोलीलाई संघका सदस्य मिकेन महर्जन लगायतले अन्तराष्ट्रिय बिमान स्थलमा शुभकामना सहित बिदाई गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम प्रदेशको बजेटबारे सत्तापक्षकै चर्को विरोध, प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित
-
नागरिकले आत्मदाह गरिरहँदा सरकार कहाँ छ? : दुलाल
-
कर्णालीमा पर्यटनतर्फको झन्डै ८० प्रतिशत बजेट मठ–मन्दिर, कुल देउता, देवी र माताका थानमा
-
जेनजी आन्दोलनबारे मानवअधिकार आयोग प्रतिवेदनको १७७ नम्बर बुँदा सच्याउन एमालेको निवेदन (पूर्णपाठ)
-
सेयर बजार निरन्तर घटेकोबारे धितोपत्र बोर्डले के भन्यो ?
-
नयाँ मौद्रिक नीति सन्तुलित र सकारात्मक भएको सिबिफिनको निष्कर्ष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण