आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

ट्राइयाथलन टोली चीन प्रस्थान

मङ्गलबार, ०९ असोज २०८०, १६ : २९
मङ्गलबार, ०९ असोज २०८०

काठमाडौँ । चीनको हाङ्गझाउमा आयोजना भइरहेको १९ औँ एसियाली खेलकुदमा प्रतिस्पर्धा गर्न नेपाली ट्राईयाथलन टोली हाङ्गझाउ प्रस्थान गरेको छ ।

नेपाली टोलीमा टिम व्यवस्थापकमा संघका महासचिव युवराज सुनुवार, प्रशिक्षकमा शुभ श्रेष्ठ र खेलाडीहरुमा श्रेवी महर्जन, युस्का महर्जन, मौलिक महर्जन र वसन्त थारु रहेका छन् ।

ट्राईयाथलनमा नेपालले व्यक्तिगत र मिक्स रिलेमा प्रतिस्पर्धा गर्ने छ । श्रेवी, मौलिक र वसन्तले व्यक्तिगत र मिक्स रिलेमा प्रतिस्पर्धा गर्ने छन् भने युस्काले मिक्स रिलेमा मात्र प्रतिस्पर्धा गर्नेछिन् ।

वसन्त थारु बाहेक अन्य खेलाडीहरुको एसियन गेम्समा पहिलो अनुभव रहेको छ । वसन्त थारुले दक्षिण एसियाली खेलकुदमा नेपालका लागि पदक दिलाइसकेका छन् भने यस अघि कोरियामा आयोजना भएको इनचोन एसियन गेम र ईडोनेसियामा भएको जाकार्ता एसियन गेम्समा सहभागिता जनाइसकेका छन् ।

ट्राईयाथलन प्रतियोगिता १९ गते शुक्रवारबाट सुरु हुनेछ । आधिकारिक रूपमा ट्राईयाथलन संघको स्थापना पश्चात् छोटो समयमा नै नेपाली खेलाडीहरूले नेपालका लागि पदक जोड्न सफल भइसकेका छन् ।

नेपाली टोलीलाई संघका सदस्य मिकेन महर्जन लगायतले अन्तराष्ट्रिय बिमान स्थलमा शुभकामना सहित बिदाई गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप