मधेस प्रदेशसभा बैठकबारे अन्योल कायमै
जनकपुरधाम । मधेस प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुखद्वारा २०८० असार ३१ गते आइतबार राति १२ बजेबाट अन्त्य गरिएको प्रदेशसभा अधिवेशन फेरि कहिले बोलाउने भन्ने अझै टुङ्गो लाग्न सकेको छैन । प्रदेशसभा बैठकको मितिबारे अहिलेसम्म सूचना जारी भएको छैन ।
यद्यपि, मुख्यमन्त्री सरोजकुमार यादवले क्याबिनेटको पछिल्लो बैठकबाट असोज २१ गते प्रदेशसभाको बैठक डाक्ने निर्णय भएको बताए । प्रदेशसभा बैठक नबस्दा महत्त्वपूर्ण विधेयकहरू अघि बढ्न सकेको छैन । २०७९ मङ्सिरको चुनावपछि गठन भएको प्रदेशसभाको पहिलो अधिवेशनमा ३६ वटा बैठक भएका थियो । त्यसबेला प्रदेशसभामा सात वटा विधेयक दर्ता गरिएको थियो । जसमध्ये बजेटसँग सम्बन्धित दुई सहित जम्मा तीन वटा विधेयक मात्रै पारित भए ।
मधेस प्रदेशका केही ऐनलाई संशोधन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७९, आर्थिक विधेयक २०८० र विनियोजन विधेयक २०८० गरेर तीन वटा विधेयक पारित भएको सभामुख रामचन्द्र मण्डलले बताए ।
प्रदेश खेलकुद विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, प्रदेश बालिका संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, स्थानीय सेवाको गठन सम्बन्धमा र सेवाका सर्तहरू सम्बन्धमा व्यवस्था गर्न बनेका विधेयक र मधेस प्रदेश सवारी तथा यातायात व्यवस्था विधेयकलाई विषयगत समितिमा छलफलका लागि पठाइएको प्रदेशसभा सचिवालयले जनाएको छ ।
नेकपा एमाले मधेस प्रदेश दलका नेता सरोजकुमार यादवले भने, ‘कम्तीमा दश चोटि त मैले नै भनिसकेँ कि प्रदेशसभाको बैठक सुचारु गर्नुपर्छ ।’ प्रदेशसभा बैठक नबस्दा जनताको समस्याबारे आवाज उठाउन नपाइएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहकारीको प्रयासले फस्टाउँदै दुग्ध व्यवसाय
-
बाँकेका घरवासमा अतिथिलाई सिद्राको अचार
-
क्रिमियामा युक्रेनले ४ जनाको हत्या गरेको रुसी अधिकारीहरूको आरोप
-
जीवनरक्षक औषधिको अभाव चुलिएपछि मन्त्रालयले विभागसँग माग्यो आयातकर्ताको सूची
-
धेरै महँगो हुने भएकाले नेपालले धेरै फरेन्सिक ल्याब बनाउन सक्दैन : महावीर पुन
-
मृत्यु जितेर फर्किएका दावा शेर्पा, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण