४९ स्वर्णसहित कुल ८८ पदक जित्दै एसियाली खेलकुदमा चीन अग्रता कायमै
काठमाडौँ । १९औँ एशियाली खेलकुद प्रतियोगिताको चौथो दिन मंगलबार साँझसम्म आयोजक राष्ट्र चीनले पदक तालिकामा आफ्नो अग्रता कायमै राखेको छ । प्रतियोगिताको पहिलो दिनदेखि नै चीनले पदक तालिकामा अग्रता लिँदै आएको छ ।
हालसम्म चीनले ४९ स्वर्णसहित कुल ८८ पदक जितेको छ । चीनले २६ रजत र १३ वटा कांस्य पदक पनि हात पारेको छ । पदक तालिकामा दक्षिण कोरिया दोस्रो स्थानमा छ । दक्षिण कोरियाले हालसम्म १३ स्वर्ण, १३ रजत र १९ कांस्यसहित कुल ४५ पदक जितेको छ ।
यसैगरी जापान तेस्रो स्थानमा छ । जापानले हालसम्म सात स्वर्ण, १९ रजत र १४ कांस्यसहित कुल ४० पदक जितेको छ । उज्बेकिस्तान पाँच स्वर्णसहित कुल २१ पदक जित्दै चौथो स्थानमा आसिन छ । उज्बेकिस्तानले ६ रजत र १० वटा कांस्य पदक पनि जितेको छ ।
पाँच स्वर्णसहित कुल १८ पदक जित्दै हङ्कङ पाँचौं स्थानमा छ । हङ्कङले चार रजत र नौवटा कांस्य पदक पनि हात पारेको छ । तीन स्वर्ण, तीन रजत र ६ कांस्य जित्दै भारत छैठौं तथा तीन स्वर्ण, एक रजत र पाँच कांस्य जित्दै इन्डोनेसिया सातौं स्थानमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जोआओ नेभेसको गोलमा पोर्चुगललाई सुरुवाती अग्रता
-
आठ महिलाको हत्या गर्ने कुख्यात सिरियल किलर ह्युमरम्यानलाई आजीवन कारावास
-
विश्वकप २०२६ः पोर्चुगल र डीआर कंगोबिच खेल सुरु, ऐतिहासिक कीर्तिमान नजिक रोनाल्डो
-
जेनजी घाइते सन्तनु ढकालले रवि लामिछानेसँग सेल्फि हान्दै भने– ‘एकछिन’
-
खेलाडीलाई धक्का दिएको आरोपमा सूर्यवंशीमाथि कारबाही सिफारिस
-
अमेरिका–इरान सम्झौता अन्तिम नभएको ट्रम्पको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण