शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

शेयरधितो कर्जामा १५० प्रतिशतको जोखिमभार राख्नु ठिक भएन : पूर्वअर्थमन्त्री खतिवडा

मङ्गलबार, ०९ असोज २०८०, १८ : ४८
मङ्गलबार, ०९ असोज २०८०

काठमाडौँ । पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले शेयर बजार ओभर करेक्शन हुँदा शेयरधितो कर्जामा १५० प्रतिशतको जोखिमभार कायम राख्नु ठिक नभएको बताएका छन् । 

मंगलबार काठमाडौँमा नेपाल उद्योग व्यवसायी महासंघले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै पूर्वअर्थमन्त्री खतिवडाले यस्तो बताएका हुन् । उनले राष्ट्र बैंकले धितोपत्र बजारमा अनावश्यक हस्तक्षेप गरिरहनु धितोपत्र बजारका लागि राम्रो नभएको बताए । 

पूर्वअर्थमन्त्री खतिवडाले स्वयत्त संस्थाको अधिकारमा अर्थ मन्त्रालयले राष्ट्र बैंकलाई र राष्ट्र बैंकले धितोपत्र बोर्डलाई हस्तक्षेप गर्नु उपयुक्त नभएको बताए । उनले आ–आफ्नो क्षेत्रको काम जिम्मेवारी पूर्ण सबैले काम गर्दा अर्थ मन्त्रालयले राष्ट्र बैंकलाई र राष्ट्र बैंकले धितोपत्र बोर्डलाई हस्तक्षेप गर्न आवश्यक नहुने बताए । उनले अहिले बैंकहरुले दुई प्रतिशत मात्रै धितो कर्जा बजारमा लगाई दिँदा ३० देखि ४० अर्ब बजारमा जाने बजार चलायमान हुने बताए ।

उनले राष्ट्र बैंकले एउटा व्यवसायीले १ खर्बसम्म ऋण लिँदा त्यहाँ जोखिम नदेख्ने तर १२ करोड कसैले लगानी ग¥यो भने त्यहाँ जोखिम देख्ने गरेको टिप्पणी गरे । उनले राष्ट्र बैंकले जोखिम देख्ने र लेख्ने प्रक्रिया पनि बुझ्न नसकिएको बताए । उनले ३२ सय अंकको शेयर इनडेक्स हुँदा जोखिम भए पनि अहिले बजार ओभर करेक्शन भएको बताए । 

पूर्वअर्थमन्त्री खतिवडाले शेयर बजारमाथि जान्छ त्यो बेला मात्रै जोखिमको प्रवन्ध गर्नुपर्ने बताए । उनले शेयर बजारमा सानो करेक्शन गर्दा धेरै हुने वाला केही नभएपनि मनोबल बढ्ने दाबी गरे । उनले धितोपत्र बोर्डको भूमिका माथि प्रश्न गर्दै बजारलाई स्थायित्व दिने जिम्मेवारी पाएको धितोपत्र बोर्डले आईपीओ बाढी ल्याउन नहुने बताए ।   

डा. खतिवडाले कुनैपनि निकाय आफ्नो जिम्मेवारीबाट भाग्नु नहुने र आफ्ना जिम्मेवारी पन्छाएर हल्लाखल्ला गरेर केही नहुने बताए ।

 

 

 

 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप