शेयरधितो कर्जामा १५० प्रतिशतको जोखिमभार राख्नु ठिक भएन : पूर्वअर्थमन्त्री खतिवडा
काठमाडौँ । पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले शेयर बजार ओभर करेक्शन हुँदा शेयरधितो कर्जामा १५० प्रतिशतको जोखिमभार कायम राख्नु ठिक नभएको बताएका छन् ।
मंगलबार काठमाडौँमा नेपाल उद्योग व्यवसायी महासंघले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै पूर्वअर्थमन्त्री खतिवडाले यस्तो बताएका हुन् । उनले राष्ट्र बैंकले धितोपत्र बजारमा अनावश्यक हस्तक्षेप गरिरहनु धितोपत्र बजारका लागि राम्रो नभएको बताए ।
पूर्वअर्थमन्त्री खतिवडाले स्वयत्त संस्थाको अधिकारमा अर्थ मन्त्रालयले राष्ट्र बैंकलाई र राष्ट्र बैंकले धितोपत्र बोर्डलाई हस्तक्षेप गर्नु उपयुक्त नभएको बताए । उनले आ–आफ्नो क्षेत्रको काम जिम्मेवारी पूर्ण सबैले काम गर्दा अर्थ मन्त्रालयले राष्ट्र बैंकलाई र राष्ट्र बैंकले धितोपत्र बोर्डलाई हस्तक्षेप गर्न आवश्यक नहुने बताए । उनले अहिले बैंकहरुले दुई प्रतिशत मात्रै धितो कर्जा बजारमा लगाई दिँदा ३० देखि ४० अर्ब बजारमा जाने बजार चलायमान हुने बताए ।
उनले राष्ट्र बैंकले एउटा व्यवसायीले १ खर्बसम्म ऋण लिँदा त्यहाँ जोखिम नदेख्ने तर १२ करोड कसैले लगानी ग¥यो भने त्यहाँ जोखिम देख्ने गरेको टिप्पणी गरे । उनले राष्ट्र बैंकले जोखिम देख्ने र लेख्ने प्रक्रिया पनि बुझ्न नसकिएको बताए । उनले ३२ सय अंकको शेयर इनडेक्स हुँदा जोखिम भए पनि अहिले बजार ओभर करेक्शन भएको बताए ।
पूर्वअर्थमन्त्री खतिवडाले शेयर बजारमाथि जान्छ त्यो बेला मात्रै जोखिमको प्रवन्ध गर्नुपर्ने बताए । उनले शेयर बजारमा सानो करेक्शन गर्दा धेरै हुने वाला केही नभएपनि मनोबल बढ्ने दाबी गरे । उनले धितोपत्र बोर्डको भूमिका माथि प्रश्न गर्दै बजारलाई स्थायित्व दिने जिम्मेवारी पाएको धितोपत्र बोर्डले आईपीओ बाढी ल्याउन नहुने बताए ।
डा. खतिवडाले कुनैपनि निकाय आफ्नो जिम्मेवारीबाट भाग्नु नहुने र आफ्ना जिम्मेवारी पन्छाएर हल्लाखल्ला गरेर केही नहुने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहाडमा मेघगर्जनसहित वर्षा, तराईमा तापक्रम ४२ डिग्रीसम्म पुग्ने
-
जातीय भेदभावविरुद्धको दिवस उत्सव नभई प्रतिबद्धता बन्नुपर्छ : आङ्देम्बे
-
बढिरहेका छन् दर्शक, तर छैन नाटकबाटै गुजारा चल्ने अवस्था
-
वेस्ट इन्डिजविरुद्ध श्रीलङ्काको विजयी सुरुआत
-
भक्तपुरको विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त
-
ट्रम्प–नेतन्याहुबिचको ‘कडा’ फोन वार्ताले इरानसँगको वार्ता जटिल बनायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण