गोप्य कागजात मुद्दामा पाकिस्तानी पूर्व राष्ट्रपति खानको हिरासत समय थप लम्बाइयो
मङ्गलबार, ०९ असोज २०८०, २० : ०८
पाकिस्तान तेहरीक–ए–इन्साफ (पीटीआई) का अध्यक्ष इमरान खान र उपाध्यक्ष शाह महमुद कुरेशीलाई विशेष अदालतले मङ्गलबार थप १४ दिनका लागि न्यायिक हिरासतमा राख्ने अनुमति दिएको छ ।
एक कुटनीतिक दस्तावेज उल्लेख गरिएको गोप्य कागजात इमरान खानले लुकाएको भन्दै उनीविरुद्ध मुद्दा दर्ता भएको छ ।
विशेष अदालतबाट जारी एक सूचनामा भनिएको छ, “खान र कुरेशीको न्यायिक हिरासत १० अक्टोबरसम्म लम्ब्याइएको छ ।”
पीटीआईका अनुसार यसमा खानलाई पदच्युत गर्ने अमेरिकी धम्की थियो । तोशाखाना प्रकरणको तीन वर्षको जेल सजाय निलम्बित भएपछि पीटीआईका अध्यक्षलाई कुटनीतिक दस्तावेज प्रकरणमा न्यायिक हिरासतमा राखिएको पाकिस्तानी अङ्ग्रेजी पत्रिका ‘डन’ले जनाएको छ ।
इमरानको विशेष अदालती कारबाही ‘सुरक्षाको कारण देखाउँदै’ अट्टक जेलमा भइरहेको कानुन मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ ।रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हुथी विद्रोहीको नाकाबन्दीको चेतावनीले अमेरिकामाथि नयाँ सैन्य दबाब, पश्चिम एसियामा युद्ध थप फैलिने खतरा
-
गगन थापासँग सती जाने होइन, नयाँ र बलियो पार्टी बनाउने हो : मोहनबहादुर बस्नेत
-
काठमाडौँमा वर्षा रोकिएपछि खुल्यो मौसम, तस्बिरहरू
-
सिंहदरबारमा सुरु भयो मन्त्रिपरिषद् बैठक
-
पछिल्लो तीन महिनामा काठमाडौँ जिल्ला अदालतमा ९९ प्रतिशत म्याद तामेली
-
निर्माणाधीन पानी ट्याङ्कीभित्र मृत फेला परेका दुई जनाको पहिचान खुल्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण