बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

गोप्य कागजात मुद्दामा पाकिस्तानी पूर्व राष्ट्रपति खानको हिरासत समय थप लम्बाइयो

मङ्गलबार, ०९ असोज २०८०, २० : ०८
मङ्गलबार, ०९ असोज २०८०

पाकिस्तान तेहरीक–ए–इन्साफ (पीटीआई) का अध्यक्ष इमरान खान र उपाध्यक्ष शाह महमुद कुरेशीलाई विशेष अदालतले मङ्गलबार थप १४ दिनका लागि न्यायिक हिरासतमा राख्ने अनुमति दिएको छ । 

एक कुटनीतिक दस्तावेज उल्लेख गरिएको गोप्य कागजात इमरान खानले लुकाएको भन्दै उनीविरुद्ध मुद्दा दर्ता भएको छ ।

विशेष अदालतबाट जारी एक सूचनामा भनिएको छ, “खान र कुरेशीको न्यायिक हिरासत १० अक्टोबरसम्म लम्ब्याइएको छ ।” 

पीटीआईका अनुसार यसमा खानलाई पदच्युत गर्ने अमेरिकी धम्की थियो । तोशाखाना प्रकरणको तीन वर्षको जेल सजाय निलम्बित भएपछि पीटीआईका अध्यक्षलाई कुटनीतिक दस्तावेज प्रकरणमा न्यायिक हिरासतमा राखिएको पाकिस्तानी अङ्ग्रेजी पत्रिका ‘डन’ले जनाएको छ ।

इमरानको विशेष अदालती कारबाही ‘सुरक्षाको कारण देखाउँदै’ अट्टक जेलमा भइरहेको कानुन मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ ।रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप