बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

एसियाली खेलकुदको जुडोमा पदक जित्ने सम्भावना समाप्त

बुधबार, १० असोज २०८०, १७ : ०७
बुधबार, १० असोज २०८०

काठमाडौँ । चीनमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगितामा नेपालले जुडोमा पदक जित्ने सम्भावना सकिएको छ । प्रतियोगिताको पाँचौँ दिन बुधबार नेपाली खेलाडीले मिक्स टिम स्पर्धामा पराजय व्यहोरेसँगै नेपालको पदक जित्ने सम्भावना सकिएको हो । 

जुडोको व्यक्तिगत स्पर्धामा भने यसअघि नै नेपाली खेलाडीहरु पराजित भइसकेका छन् । बुधबार भएको मिक्स टिम स्पर्धाको क्वार्टरफाइनलमा नेपाली टोली जापानसँग ४-० ले पराजित भयो । टिम स्पर्धामा प्रतिस्पर्धा गरेका नेपालका जंगबहादुर सारु जापानका गोकी ताजिमासँग पराजित भए । 

यसैगरी नेपाली खेलाडी आकृति जोशी जापानकी रुरी ताकाहासीसँग पराजित भइन् । नेपालका रञ्जेश गोले जापानका ह्योगा ओतासँग हारे । नेपाली खेलाडी मनिता श्रेष्ठ प्रधान पनि जापानकी मोमो तामाओकीसँग पराजित भइन् । यसैगरी मिक्स टिम स्पर्धाका पराजित टोलीहरुबीच हुने रिपेच फाइनल कन्टेस्टमा पनि नेपालीलाई कजाकस्तानले ४-० ले हरायो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप