एसियाली खेलकुदको जुडोमा पदक जित्ने सम्भावना समाप्त
काठमाडौँ । चीनमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगितामा नेपालले जुडोमा पदक जित्ने सम्भावना सकिएको छ । प्रतियोगिताको पाँचौँ दिन बुधबार नेपाली खेलाडीले मिक्स टिम स्पर्धामा पराजय व्यहोरेसँगै नेपालको पदक जित्ने सम्भावना सकिएको हो ।
जुडोको व्यक्तिगत स्पर्धामा भने यसअघि नै नेपाली खेलाडीहरु पराजित भइसकेका छन् । बुधबार भएको मिक्स टिम स्पर्धाको क्वार्टरफाइनलमा नेपाली टोली जापानसँग ४-० ले पराजित भयो । टिम स्पर्धामा प्रतिस्पर्धा गरेका नेपालका जंगबहादुर सारु जापानका गोकी ताजिमासँग पराजित भए ।
यसैगरी नेपाली खेलाडी आकृति जोशी जापानकी रुरी ताकाहासीसँग पराजित भइन् । नेपालका रञ्जेश गोले जापानका ह्योगा ओतासँग हारे । नेपाली खेलाडी मनिता श्रेष्ठ प्रधान पनि जापानकी मोमो तामाओकीसँग पराजित भइन् । यसैगरी मिक्स टिम स्पर्धाका पराजित टोलीहरुबीच हुने रिपेच फाइनल कन्टेस्टमा पनि नेपालीलाई कजाकस्तानले ४-० ले हरायो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण