आर्थिक मन्दीको असर : फिल्म हलको खर्च धान्न धौधौ
बारा । मुलुकमा देखिएको आर्थिक मन्दीको प्रत्यक्ष असर सिनेमा हलमा देखिएको छ । बाराको सिमरास्थित विजनेश सेन्टरमा सञ्चालित केएसआर सिनेमा हलको वार्षिक आम्दानीले हलको खर्च धान्न समेत मुस्किल भएको सञ्चालकहरुको गुनासो छ ।
मधेस प्रदेशकै सुविधा सम्पन्न र प्रविधि मैत्री केएसआर सिनेमा हलमा हेटौंडा, चपुर, वीरगञ्जदेखि रक्सोलसम्ममा दर्शक आउने गर्दछन् । दैनिक करिब २ सयको संख्यामा आउने दर्शक संख्याले हलको आन्तरिक खर्च धान्न मुस्किल हुने हलका व्यवस्थापक शिव श्रेष्ठले बताए ।

‘अहिलेको आर्थिक अवस्थाले हाम्रो लक्ष्य अनुसार दर्शक आएका छैनन्, हलको खर्च धान्न दैनिक ५ सयभन्दा बढी दर्शक आवश्यक पर्दछ तर अहिले दिनमा २ सय जना दर्शक पनि हलमा छैनन्,’ श्रेष्ठले भने, ‘अहिले त हामी जसोतसो चलेका छौँ ।’
अत्याधुनिक प्रविधि मैत्री केएसआर सिनेमा हलमा १९९ सिट क्षमताको एक र ११८ वटा सिट क्षमताको अर्को गरी २ वटा हल छन् ।
बुधबार वार्षिकोत्सव कार्यक्रममा हल व्यवस्थापनले दिएको जानकारी अनुसार बिहान ८ बजेदेखि राति १० बजेसम्म दैनिक ६ वटा सो चल्ने हलमा २५० देखि ३ सय रुपैयाँ टिकट शुल्क निर्धारण गरिएको छ । गरिव, विपन्न, एकल महिला, अभिभावक विहीन बालबालिकाहरुमा लागि च्यारिटी सो समेत सञ्चालन गर्दै आएको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण