आर्थिक मन्दीको असर : फिल्म हलको खर्च धान्न धौधौ

बारा । मुलुकमा देखिएको आर्थिक मन्दीको प्रत्यक्ष असर सिनेमा हलमा देखिएको छ । बाराको सिमरास्थित विजनेश सेन्टरमा सञ्चालित केएसआर सिनेमा हलको वार्षिक आम्दानीले हलको खर्च धान्न समेत मुस्किल भएको सञ्चालकहरुको गुनासो छ ।
मधेस प्रदेशकै सुविधा सम्पन्न र प्रविधि मैत्री केएसआर सिनेमा हलमा हेटौंडा, चपुर, वीरगञ्जदेखि रक्सोलसम्ममा दर्शक आउने गर्दछन् । दैनिक करिब २ सयको संख्यामा आउने दर्शक संख्याले हलको आन्तरिक खर्च धान्न मुस्किल हुने हलका व्यवस्थापक शिव श्रेष्ठले बताए ।
‘अहिलेको आर्थिक अवस्थाले हाम्रो लक्ष्य अनुसार दर्शक आएका छैनन्, हलको खर्च धान्न दैनिक ५ सयभन्दा बढी दर्शक आवश्यक पर्दछ तर अहिले दिनमा २ सय जना दर्शक पनि हलमा छैनन्,’ श्रेष्ठले भने, ‘अहिले त हामी जसोतसो चलेका छौँ ।’
अत्याधुनिक प्रविधि मैत्री केएसआर सिनेमा हलमा १९९ सिट क्षमताको एक र ११८ वटा सिट क्षमताको अर्को गरी २ वटा हल छन् ।
बुधबार वार्षिकोत्सव कार्यक्रममा हल व्यवस्थापनले दिएको जानकारी अनुसार बिहान ८ बजेदेखि राति १० बजेसम्म दैनिक ६ वटा सो चल्ने हलमा २५० देखि ३ सय रुपैयाँ टिकट शुल्क निर्धारण गरिएको छ । गरिव, विपन्न, एकल महिला, अभिभावक विहीन बालबालिकाहरुमा लागि च्यारिटी सो समेत सञ्चालन गर्दै आएको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठ दाउराका लागि मात्रै भेला र साधारणसभा नगर्नुहोस् : प्रमुख संरक्षण अधिकृत
-
प्रधानन्यायाधीश नेतृत्वको टोलीद्वारा बेलायतमा भेटघाट
-
भरतपुर अस्पतालमा ‘एमबिबीएस’ कार्यक्रम सञ्चालनका लागि प्रस्ताव गरेका छौँ : मन्त्री पौडेल
-
ट्याक्टरले ठक्कर दिँदा जन्ती गइरहेकी एक महिलाको मृत्यु, एक घाइते
-
बालाजुस्थित करिडोर सडक डुबानमा (तस्बिरहरु)
-
१० बजे १० समाचार : दुई घण्टासम्म ओली–देउवा वार्ता, एमाले महासचिवको प्रस्तावलाई ओलीले गरे अस्वीकार