सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

३६ किलो चरेस सहित दुई जना पक्राउ

बिहीबार, ११ असोज २०८०, ११ : १७
बिहीबार, ११ असोज २०८०

काठमाडौँ । प्रहरीको लागु औषध नियन्त्रण ब्युरोले ३६ किलो चरेस सहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्साको ठोरी गाउँपालिका–४ विजय बस्ती घर भएका ३४ वर्षीय नेत्र बहादुर श्रेष्ठ र बझाङ सुर्गा गाउँपालिका–४ घर भएका साहिमान पुजारा छन् ।

आरोपितहरूको साथबाट ३६ केजी ७१० ग्राम चरेस बरामद गरिएको लागु औषध नियन्त्रण ब्युरोका एसपी चक्रराज जोशीले रातोपाटीलाई बताए । असोज ७ मा लागुऔषध नियन्त्रण ब्युरो र शाखा कार्यालय वीरगन्जबाट खटिएको टोलीले पर्सा स्थित गम्हरीयाचोकबाट नेत्र बहादुर श्रेष्ठलाई पक्राउ गरेको थियो । उनको साथबाट ३२ केजी चरेस बरामद गरिएको छ । 

असोज ४ मा लागु ब्युरोले धनगढीबाट कैलाली गौरिगंगा नगरपालिका–४ राजपुर खलंगा बजारबाट बझाङ सुर्गा गाउँपालिका–४ ठगुनडाँडा बस्ने वर्ष ४४ को साहिमान पुजारा पक्राउ गरेको थियो । उनको साथबाट ४ केजी ७१० ग्राम चरेस बरामद गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप