असोज २४ गतेदेखि एमाले मधेस प्रदेश अधिवेशन, लोगो र नारा सार्वजनिक

जनकपुरधाम । नेकपा एमाले मधेस प्रदेशको प्रदेश कमिटीको अधिवेशन अगामी असोज २४ र २५ गते जनकपुरधाममा हुने भएको छ । जनकपुरधामस्थित महेन्द्रनारायण निधि मिथिला सांस्कृतिक केन्द्रमा हुने अधिवेशनको उद्घाटन पार्टी अध्यक्ष केपी ओलीले गर्नेछन् ।
अधिवेशनका लागि एमालेले नारा र लोगो समेत सार्वजनिक गरेको छ । बिहीबार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा पार्टीका मधेश प्रदेश इन्चार्ज योगेश भट्टराई, पोलिटब्युरो सदस्यद्वय लिलानाथ श्रेष्ठ र जुली महतोसहितले संयुक्त रुपमा अधिवेशनको नारा र लोगो सार्वजनिक गरेका हुन् ।
अधिवेशनका लागि प्रदेशका ८ वटै जिल्लामा पार्टी सदस्यता नविकरण, नयाँ सदस्यता वितरण, २३ वटै जनसंगठनको प्रदेशस्तरीय अधिवेशन सम्पन्न भइसकेको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
प्रदेश अधिवेशनको नारा ‘सामाजिक न्याय र सुशासन हाम्रो कार्यभार, मधेशको स्वाभिमान र समृद्धिको लागि एमाले सरकार’ तय गरिएको छ । २०८४ सालको निर्वाचनसम्म यहीँ नारालाई मधेश प्रदेशभर विस्तार गर्ने र यहीँ नाराको वरिपरि सिंगो मधेशलाई एकताबद्ध रुपमा गोलबन्द गर्ने पार्टीका प्रदेश अध्यक्ष रामअवतार यादवले बताए ।
सार्वजनिक गरिएको लोगोले मधेश प्रदेशको सांस्कृतिक एवं धार्मिक विविधिताको सम्मान, उद्योग, कृषि, पर्यटन जस्ता क्षेत्रमा तिब्र विकासको आवश्यक्तालाई उजार गर्न खोजिएको उनले बताए । अधिवेशनका लागि विभिन्न समिति र उपसमिति समेत बनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युरोपमा गुगलको अर्को विशाल साइबर सुरक्षा केन्द्र स्थापना
-
कानुनी सहायतासम्बन्धी सम्मेलन भारतमा सम्पन्न : नेपालका प्रधानन्यायाधीशसहित सहभागी
-
कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी रक्षामन्त्री खड्कालाई
-
प्रधानमन्त्री कोप–२८ मा सहभागी हुन दुबई प्रस्थान
-
रातोपाटी ब्रिफिङ : यस्ता छन् आजका मुख्य समाचार
-
विपिनका बाआमा भन्छन्– समाचार हेर्दै रात बित्छ