मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

थर्ड एनएमए नेशनल हेल्थ समिट स्थगित

बिहीबार, ११ असोज २०८०, १८ : ४३
बिहीबार, ११ असोज २०८०

काठमाडौँ । ‘थर्ड एनएमए नेशनल हेल्थ समिट-२०२३’ स्थगित भएको छ । भोलि शुक्रबारदेखि हुने भनिएको समिट स्थगित भएको नेपाल चिकित्सक संघले जनाएको छ । 

बिहीबार सूचना जारी गर्दै संघले १२ र १३ गते गर्ने भनिएको तेस्रो राष्ट्रिय स्वास्थ्य शिखर सम्मेलन स्थगित जनाएको छ ।  

संघका महासचिव सञ्जीव तिवारीले विशेष कारणले सम्मेलन स्थगित गरिएको बताए । 

डाक्टरमाथि आक्रमणको घटनालाई लिएर चिकित्सकहरूको आन्दोलन जारी रहेकाले सम्मेलन स्थगित भएको एक चिकित्सकले बताए ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप