१९ औँ एसियाली खेलकुद : नेपाल स्क्वास र फेन्सिङमा पराजित
_6Wqw1LU9uL.jpg)
हाङझाउ । १९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत स्क्वासको पुरुष टिम इभेन्टस्मा नेपाल भारतसित पराजित भएको छ । नेपालको पुरुष टोली भारतसित ३–० ले पराजित भएको हो ।
आज सम्पन्न पहिलो खेलमा नेपालका अमृत थापामगर भारतका अभय सिंहसित २–११, ४–११ र १–११ अकले पराजित भए । अर्को खेलमा नेपालका अराहन्तकेशर सिंह भारतका महेश मान्गोनकरसित २–११, ३–११ र ३–११ अंकले पराजित भए ।
यस्तै अमिर ब्लोन भारतका हरिन्दरपाल सिंहसित अन्तिम खेलमा १–११ ,२–११ र ६–११ अंकले पराजित भए । समूह ‘ए’ मा रहेको नेपाल यसअघि कुवेत, पाकिस्तान, कतार र सिंगापुरसित ३–० को सोझो सेटमा पराजित भएको थियो ।
फेन्सिङ पराजित
१९औँ एसियाली खेलकुद अन्तर्गत आज सम्पन्न फेन्सिङ खेलमा नेपालको पुरुष र महिला टोली पराजित भएको छ । पुरुष साब्रे टोली कजाकिस्तानसित १ै५–४५ अकले पराजित भयो । यस्तै महिला फोइल टोली जापानसित १०–४५ अकले पराजित हुँदै क्वाटरफाइनलबाटै बाहिरिएको छ ।
गल्फमा सन्तोषजनक प्रदर्शन
१९औँ एसियाली खेलकुदअन्तर्गत गल्फको व्यक्तिगत स्पर्धामा नेपालले आज सन्तोषजनक खेल प्रदर्शन गरेको छ । नेपालका शुक्रबहादुर राईले दुई अन्डर ७० खेले । उनी ३१औं स्थानमा रहे ।
यस्तै नेपालका सदभाव आचार्यले एक अन्डर ७१ र सुवास तामाङले पहिलो दिनको खेल सकाए । सदभाव ३८औँ तथा सुवास ४७औँ स्थानमा रहे । युवराज भुजेल ५८औँ स्थानमा छन् । महिला एकलतर्फ सुस्मा सिग्देल १६ ओभर ८८ स्कोरका साथ ३६औँ स्थानमा छिन् । यस्तै कस्मिरा शाह ३८औँ स्थानमा छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेताका छोराछोरी व्यवस्थापन गर्न ११ जना पदाधिकारी
-
दुर्घटनामा प्रहरी सहायक निरीक्षकको मृत्यु
-
दलहरूले जनताको जीवनस्तर उकास्नेतर्फ लाग्नुपर्छ : अध्यक्ष बिजुक्छे
-
वाईसीएलको काठमाडौँ महानगर अध्यक्षमा डा. शुभेच्छा श्रेष्ठ निर्वाचित
-
नेपालको संविधानले सबै जातिको अधिकार सुनिश्चित गरेको छ : मन्त्री गुरुङ
-
सुदूरपश्चिममा रेडियो पत्रकारका लागि दुई दिने प्रशिक्षण