नबिल बैङ्कले ब्यालेन्स्ड फण्ड–२ का लगानीकर्ताहरूलाई ९.६ प्रतिशत प्रतिफल दिने
शुक्रबार, १२ असोज २०८०, १२ : ५१
काठमाडौँ । नबिल बैङ्कले ब्यालेन्स्ड फण्ड–२ (एनबीएफ२) नामक सामूहिक लगानी योजना अन्तर्गतको मुचुअल फण्डका इकाईधनीहरुलाई ९.६ प्रतिशत प्रतिफल दिने भएको छ । आर्थिक वर्ष २०७९-८० को नाफाबाट बैङ्कले १० करोड ७५ लाख २० हजार रुपैयाँ (९.६ प्रतिशत) करसहित प्रतिफल दिने भएको हो ।
नबिल इन्भेस्टमेन्ट बैङ्किङ योजना व्यवस्थापन एवं डिपोजिटरी रही नबिल म्युचुअल फण्ड अन्तर्गत सञ्चालनमा रहेको नबिल ब्यालेन्स्ड फण्ड–२ का लागि कूल १ अर्ब १२ करोड रुपैयाँ बराबरको इकाई बिक्री गरेको छ । जसको ९.६ प्रतिशतले हुन आउने रकम बराबरको प्रतिफल बाँड्न लागिएको बैङ्कले जनाएको छ ।
म्युचुअल फण्ड योजना व्यवस्थापकको सञ्चालक समितिको बिहीबार बसेको बैठकले उक्त प्रतिफल पारित गरेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकप इतिहासका १० उत्कृष्ट खेलाडीहरूको वरीयता
-
युक्रेनी सेनामा भर्ना हुनै मान्दैनन् जनता
-
कर्णाली सरकारबारे केन्द्रबाट कुनै निर्णय र निर्देशन आएको छैन : नेकपा
-
तनहुँमा बस दुर्घटना हुँदा चालकसहित १५ जना घाइते
-
कीर्तिपुरमा कारभित्र जलेका पुरुषको पहिचान खुल्यो
-
लुम्बिनीमा नयाँ सरकार गठनमा निर्णायक मानिएको नेकपाले भन्यो– झन्डा हल्लाउनमात्र सरकारमा जाँदैनौँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण