आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

गौहत्याको विरोधमा जनकपुरमा प्रर्दशन

शुक्रबार, १२ असोज २०८०, १९ : ०३
शुक्रबार, १२ असोज २०८०

धनुषा । गौहत्याको बिरोधमा जनकपुरमा पनि प्रर्दशन गरिएको छ । देशका विभिन्नमा भागमा गौहत्या भइरहँदा पनि सरकार मौन रहेको भन्दै साधुसन्तहरुले शुक्रवार जनकपुरमा ¥यालीसहितको विरोध प्रर्दशन गरेका हुन् । 

गौहत्या जस्तो अराजकता बन्द गर्नका लागि आफूहरुले सरकारको ध्यानाकर्षण गराउन सो बिरोध प्रर्दशन गर्नु परेको जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवले बताए । उनले गौहत्या गर्नेमाथि सरकारले कारबाही नगरेसम्म आफूहरुको विरोध प्रर्दशन जारी रहने चेतावनी समेत दिए । 

महन्थ वैष्णवले भने, ‘८४ प्रतिशत यो हिन्दुको देशमा एउटा अराजकतास्थिति दुुईदेखि गरिराखेका छन गौहत्या । तर सरकारको यसमा ध्यानाकर्षण जुन ढंगले हुनुपर्ने थियो, त्यो भइराखेको छैन । यसैको बिरोधमा हामी जनकपुरधाममा बिरोध ¥याली निकालेका हौं । गौहत्या बन्द गर्नुपर्छ । गौ हाम्रो सनातनको देउता हो । मातातुल्य हो । यसमा सरकारले कारबाही नगरेपछि हामीले विरोध ¥याली निकालेको हो । गौ हत्या बन्द भएन, कारबाही भएन भने हामी निरन्तर आन्दोलन गर्नेछौं ।’

जानकी मन्दिरबाट निकालिएको सो ¥याली नगरको विभिन्न भागको परिक्रमा गर्दै राम मन्दिर पुगेर कोणसभामा परिणत भएको थियो । ¥यालीमा  गौहत्या बन्द गर, गौहत्या गर्नेलाई फाँसी दे, हिन्दु राष्ट्र कायम गर लगायतका नाराहरु लगाइएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप