म एक अद्वैत लहर हुँ
ॐ शब्द होइन
ॐ आवाज होइन
ॐ शब्द भित्रको शब्द हो
ॐ आवाज भित्रको आवाज हो
ॐ ब्रह्माण्डमा फैलिएको
एक लहर हो
ॐ चेतनामा गुन्जिरहने
एक नाद हो
ॐ एक हातको ताली हो
ॐ स्वप्न र निदमा पनि
सुनिने मधुर संगीत हो ।
तिमी शब्दकोशबाट हटाउँछु भन्छौ
मन र मष्तिस्कबाट निकाल्छु भन्छौ
छातीमा हात राखेर,
एकपल्ट आरामले सोच त
तिमीभित्र तरङ्गित भई,
रगतसँगै बग्ने नादलाई
के तिमी रोक्न सक्छौ ??
माटोमा खिचिने सीमाङ्कन जस्तै,
ब्रह्माण्डलाई नाप्न सक्छौ ?
हो,
शब्दकोश त तिमीले लेखेका हौ
शब्दकोश त मैले पनि लेखेकी हु
अनि, शब्दकोश त
हामी सबै मिलेर लेखेका हौं,
हैन र ?
हामी हामी मिलेर लेखिएको
शब्दहरु फेरिन सक्छन्,
हामी हामी मिलेर कोरिएका
क्षणहरु मेटिन सक्छन्,
तर,
ब्रह्माण्डमा लहरिरहेको
लहरलाई कसरी रोक्छौ ?
अजपा भई गुन्जिरहेको
ध्वनिलाई कसरी थुन्छौ ?
फुर्सदले सोच त ?
हामीले कोरेका क्षणहरुसँग
ब्रह्माण्डको अक्षरसँग न दपेट,
क्षर र अक्षरको भेद जान ।
पहिल्याउन चाहदैनौ भने
चोइटिदै गएको चट्टान जस्तै
चोइटिनुको अर्को तिम्रो विकल्प छैन
च्यातिनु मात्र पनि तिम्रो संकल्प होइन
ओइलाउछौ, झर्छौ
च्यातिनेछौ स्वयम्बाट स्वयम् नै
धुजा धुजा भै उड्नेछौ
तर पनि तिमी
ॐ कारमै नाचिरहनेछौ ।
त्यसबेला,
शब्दकोशको मूल्याङ्कन तुषारापात हुनेछ
अहम्ता र विषमतामा आघात मिल्नेछ
यसैले,
तिमी मलाई शब्दमा न खोज,
म शब्द र निशब्दको पार छु
तिमी मलाई अर्थमा न अथ्र्याउ,
म अर्थहीन, अजपा, सिमान्त,
अन्तहीन, ब्रह्माण्डमा गुञ्जिरहने
एक अद्वैत लहर हुँ
ॐ ।
भक्तपुर
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण