बालक मृत्यु प्रकरण : वीरेन्द्रनगरमा आन्दोलन उग्र बन्दै (तस्बिरहरु)

सुर्खेत । सुर्खेतमा ८ बर्षीय बालक मृत भेटिएपछि सुरु भएको आन्दोलन उग्र बन्दै गएको छ । वीरेन्द्रनगर नगरपालिका–६ घण्टाघर नजिक रहेको उषा बालवाटिका सेकेण्डरी स्कुलको होस्टेलमा ८ वर्षीय सलाम पुलामी मगर मृत भेटिएका थिए । बालकको मृत्यु शंकास्पद रहेको भन्दै उनका आफन्तहरु आन्दोलन सुरु गरेका छन् ।
आन्दोलन उग्र बन्दै गएपछि अहिले वीरेन्द्रनगरमा विद्युत अवरुद्ध हुनाका साथै यातायातका साधनहरु सञ्चालनमा समस्या भइरहेको छ । आन्दोलका कारण वीरेन्द्रनगर बजार अशान्त छ । आफन्तहरुले घटना शंकास्पद रहेको भन्दै लास उठाउन दिएका छैनन् । प्रदेश प्रहरी कार्यालयका प्रवक्ता गोपलाचनेद्र भट्टराईले घटना शंकास्पद रहेको र अनुसन्धान गरिने बताएका छन् ।
आक्रोशित भीड घटनाको छानबिन गर्नुपर्ने भन्दै तोडफोडमा नै उत्रिएको छ। भीडलाई साम्य पार्न प्रहरीले अश्रु ग्याँस समेत प्रहार गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एउटै उद्योगले लिने धेरै सुविधा पुनरावलोकन गर्न महालेखाको सुझाव
-
कुलेखानी–कलङ्की–हुमाने सडक आजदेखि १९ दिन बन्द
-
महालक्ष्मीको बार आज कसलाई कति फलदायी ? हेर्नुहोस् राशिफल
-
आजको प्रतिनिधि सभा बैठकमा अर्थमन्त्रीले जवाफ दिने
-
काठमाडौंमा आजदेखि ‘सगरमाथा संवाद’, १७५ विदेशी पाहुना नेपालमा
-
कति पुग्यो डलरको मूल्य ? के छ विदेशी मुद्राको दरभाउ ?