मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

सिनामंगलमा डाक्टरमाथि हातपात

आइतबार, १४ असोज २०८०, १४ : २४
आइतबार, १४ असोज २०८०

काठमाडौँ । काठमाडौँमा फेरि एक जना डाक्टरमाथि हातपात भएको छ । सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेजमा डाक्टर मनिष खड्कामाथि बिरामीका आफन्तले हातपात गरेका हुन् ।

प्रहरीका अनुसार बिरामीलाई चेकजाँच गर्ने क्रममा डाक्टर र बिरामी पक्षबिच विवाद भएको थियो । डा. खड्काका अनुसार बिरामीलाई समयमा जाँच नगरेको आरोप लगाउँदै  कुटपिट भएको हो ।

डाक्टरमाथि आक्रमण भएसँगै अस्पतालका स्वास्थ्यकर्मीहरू सडकमा आएर प्रदर्शन सुरु गरेका छन् । शनिबारमात्र स्वास्थ्यकर्मीमाथि भइरहेको आक्रमणलाई नियन्त्रण तथा कारबाही गर्ने बारेमा सरकार र आन्दोलनरत चिकित्सकबिच सहमति भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप