भैँसीले अढाई तोला सुनको मङ्गलसूत्र निलेपछि...
काठमाडौँ । भारतको महाराष्ट्रमा एउटा भैँसीले अढाई तोला सुनको मङ्गलसूत्र निलेको छ । महाराष्ट्रको वाशिम जिल्लास्थित सारसी गाउँ निवासी रामहरि नाम गरेका किसानकी पत्नीको असावधानीका कारण भैँसीले उक्त गहना निलेको हो ।
रामहरिकी पत्नीले नुहाउनु अघि मङ्गलसूत्र खोलेर भटमास र बदामको बोक्रा राखिएको एउटा प्लेटमा लुकाएकी थिइन् । नुहाइसकेपछि उनले आफ्नो मङ्गलसूत्र त्यहाँ राखिएको ध्यान नै दिइनन् ।
केही बेरमा उनले भटमास र बदामको बोक्रा भएको प्लेट भैँसीको अगाडि लगेर राखिदिइन् । पछिमात्र उनले आफ्नो गलामा मङगलसूत्र नरहेको थाहा पाइन् । त्यसपछि उनलाई नुहाउनु अघि आफूले मङ्गलसूत्र खोलेर राखेको सम्झना भयो तर, भटमास र बदामको बोक्रासहितको प्लेट त उनले अघि नै भैँसीको अगाडि राखिदिइसकेकी थिइन् । भैँसी बाँधेको ठाउँमा गएर हेर्दा प्लेट रित्तो थियो ।
त्यसपछि उनले आफ्नो पतिलाई यसबारे जानकारी गराइन् । रामहरिले यसबारे पशु चिकित्सकलाई फोनमार्फत जानकारी गराए । पशु चिकित्सकले भैँसी लिएर आउन उनलाई भने ।
सोही अनुसार भैँसी लिएर रामहरि पशु कार्यालय पुगे । पशु चिकित्सकले परीक्षण गर्दा भैँसीको पेटमा धातु रहेको पत्ता लाग्यो ।
अर्को दिन पशु चिकित्सकले शल्यक्रियामार्फत भैँसीको पेट चिरेर उक्त मङ्गलसूत्र निकाले । यस क्रममा भैँसीको पेटमा ६५ वटा टाँका लगाउनु परेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इतिहास रचेको कुरासाओमाथि जर्मनीको कहर: ७ गोल प्रहार गर्दै जर्मनीले देखायो आफ्नो शक्ति
-
जर्मनीको सानदार सुरुवात, कुरासाओ विरुद्ध ७–१ को विशाल जित
-
काइ हाभर्ट्जको व्यक्तिगत दोस्रो गोल, जर्मनी ७–१ को विशाल अग्रतामा
-
फिफा विश्वकप २०२६ः जर्मनीको सानदार सुरुवात
-
कुरासाओ विरुद्ध जर्मनीको ‘गोल वर्षा’: आधा दर्जन गोल पूरा
-
ब्राउनले थपे पाचौँ गोल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण