एसियन च्याम्पियन्स लिगमा रोनाल्डोले पहिलो गोल
मङ्गलबार, १६ असोज २०८०, १२ : ४९
रियाद । एसियन च्याम्पियन्स लिगमा क्रिस्टियानो रोनाल्डोले पहिलो गोल गर्दा अल–नासरले गोलले पछि परेको स्थिति उल्टाउँदै इस्तिक्लोललाई ३–१ गोलले हराएको छ ।
खेलको पहिलो हाफको अन्त्यमा इस्तिक्लोलका सेनिन सेबाईले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । तर, दोस्रो हाफमा अल–नासरले शानदार पुनरागमन गर्यो । रोनाल्डोले ६६ औँ मिनेटमा बराबरी गोल फर्काए । उनले लगातार सातौँ खेलमा गोल गरेका हुन् ।
त्यसपछि ब्राजिलियन फरवार्ड एन्डरसन तालिस्काले छोटो अन्तरालमा दुई गोल गर्दै अल–नासरलाई जीत दिलाए । प्रतियोगिताको समूह चरणमा टोलीको यो लगातार दोस्रो जीत हो । जीतसँगै समूह ईमा लुइस कास्ट्रोको टोलीले शीर्ष स्थानमा ३ अङ्कको अग्रता बनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक सातापछि मृत्यु जितेर फर्किएका दावा शेर्पा, तस्बिरहरू
-
विज्ञहरूको पर्याप्त सुझावविना विधि विज्ञान प्रयोगशाला विधेयक अघि बढ्दैन: मन्त्री पोखरेल
-
भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० जना घाइते
-
राजेन्द्र लिङ्देनले पार्टी छोड्न बाध्य बनाएको धवलशमशेरको आरोप
-
नेपालगञ्जमा चराचुरुङ्गी बचाउ अभियान
-
स्थलयुद्धमा प्रगति हुन नसकेपछि युक्रेनमाथि हवाई आक्रमण तीव्र बनाउँदै रुस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण