एसियन च्याम्पियन्स लिगमा रोनाल्डोले पहिलो गोल
मङ्गलबार, १६ असोज २०८०, १२ : ४९

रियाद । एसियन च्याम्पियन्स लिगमा क्रिस्टियानो रोनाल्डोले पहिलो गोल गर्दा अल–नासरले गोलले पछि परेको स्थिति उल्टाउँदै इस्तिक्लोललाई ३–१ गोलले हराएको छ ।
खेलको पहिलो हाफको अन्त्यमा इस्तिक्लोलका सेनिन सेबाईले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । तर, दोस्रो हाफमा अल–नासरले शानदार पुनरागमन गर्यो । रोनाल्डोले ६६ औँ मिनेटमा बराबरी गोल फर्काए । उनले लगातार सातौँ खेलमा गोल गरेका हुन् ।
त्यसपछि ब्राजिलियन फरवार्ड एन्डरसन तालिस्काले छोटो अन्तरालमा दुई गोल गर्दै अल–नासरलाई जीत दिलाए । प्रतियोगिताको समूह चरणमा टोलीको यो लगातार दोस्रो जीत हो । जीतसँगै समूह ईमा लुइस कास्ट्रोको टोलीले शीर्ष स्थानमा ३ अङ्कको अग्रता बनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसका ६ नेता किन भेला भए गोपालमान निवास कालिमाटीमा ?
-
स्कुटर दुर्घटनामा चालकको मृत्यु
-
करेन्ट लागेर मृत्यु भएका उज्ज्वलको घरमा गाउँलेले हालिदिए छानो
-
सिरहाबाट ठूलो परिमाणमा नगदसहित पाँच जना पक्राउ
-
सङ्खुवासभाका सुरक्षा प्रमुख र चिनियाँ प्रतिनिधिबीच उत्तरी क्षेत्र किमाथाङ्कामा भेटवार्ता
-
एकैदिन एकसय ३५ आरोही सगरमाथा शिखरमा