मुद्दा मिलाई दिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ
मङ्गलबार, १६ असोज २०८०, १४ : ०७

झापा । मुद्दा मिलाई दिन्छु भन्दै १ लाख रूपैयाँ ठगी गरेको अभियोगमा दमक नगरपालिका-५ क्याम्पस मोड बस्ने ३८ वर्षीय शिव नारायण सिंहलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
दमक नगरपालिका-२ बस्ने २७ वर्षीय तिलकराम खवासको कोठाबाट तिलकराम, दिपक साह र रेशम गौतमलाई अवैध लागूऔषध ब्राउनसुगरसहित गत असार २६ गते प्रहरीले पक्राउ गरेको थियो । उनीहरू उपर जिल्ला अदालतबाट म्याद थप लिई अनुसन्धान भइरहेको अवस्थामा दिपक साहको आफन्तलाई मुद्दा मिलाई दिन्छु भनि शिव नारायणले उक्त नगद ठगी गरेको भन्ने जानकारी गराउन साथ ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनलाई दमक बजारबाट पक्राउ गरेको हो ।
उनी उपर ठगी मुद्दामा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सङ्घीयतालाई बलियो बनाउन तीनै तहको सरकार आत्मनिर्भर बन्नुपर्छ : महर्जन
-
छ महिनापछि घर फर्किए टिंकरवासी
-
मोटरसाइकल चोरेर भाग्दा टिप्परसँग ठोक्किएर दुर्घटना
-
कश्मीर : भारत–पाकिस्तानबिच आजसम्मका तनाव शृङ्खला
-
पाकिस्तानको गोलाबारीमा जम्मू कश्मीरका एक अधिकारीको मृत्यु
-
पाकिस्तानद्वारा भारतविरुद्ध प्रत्याक्रमणको घोषणा