केपी ओलीको प्रश्नः यो देशमा न्याय छैन ?
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान दिवसको अवसर पारेर कैदीलाई दिइएको आम माफीको बिरोध गरेका छन् ।
उनले एसिड आक्रमण गर्नेलाई अदालतले १० वर्ष सजाय तोकेपनि सरकारले छोडेकोप्रति आपत्ति जनाएका हुन् । उनले एसिड आक्रमण पीडित मुस्कान खातुनलाई सरकारले उपचार खर्चसमेत नदिएको बताए । उनले हिंसात्मक घटनालाई प्रोत्साहित गर्नेगरी अपराधीलाई कैद मिनाहा गरेको बताए । उनले यो देशमा न्याय छैन कि यही हो न्याय ? भन्दै प्रश्न गरे ।
उनले भने, ‘आज ४ वर्ष नभइकन एसिड आक्रमण गर्नेलाई नेपालमा मात्रै नभइ अन्तर्राष्ट्रिय रुपमा समेत परिचित भइसकेकी बालिका हुन् मुस्कान खातुन । उनमाथि एसिड छर्नेलाई, उनको घाउ निको भएको छैन । उनको उपचार चलिरहेको छ । सरकारले एसिड आक्रमण कर्तालाई छोडिसक्यो । अहिले उनी रोएर हिँडेकी छन् । सरकारले उनको उपचार गराइरहेको छैन । एसिड आक्रमण पीडितलाई उपचार गर्न नसक्ने, उनको अरु प्रवन्ध गरिदिन नसक्ने । हिंसात्मक घटनालाई प्रोत्साहित गर्नेगरी त्यस्ता अपराधीलाई चार वर्ष पनि भएको छैन । कडा कानून ल्याइयो भनेर देशमा खुशीयाली मनाइयो । महिला जगत खुशी भएको थियो । हाम्रा चेलीले सुरक्षाको अनुभुति गरेका थिए । उनीहरुलाई सरकारले अस्ति छोडिदियो । मैले मिति बिर्सिएँ, फागुन एक गतेको उत्सवमा हो की संविधान दिवस भन्ने पारेर छोड्यो, त्यति यकिन भएन । अदालतले १० वर्ष फैसला गरेको व्यक्तिलाई अहिले मुस्कान खातुनको पेटको छाला, तिघ्राको छाला निकालेर टाँस्नु परेको छ । आरामसँग चार वर्ष बाध्यतावश राख्यो । त्यसपछि एउटा निहुँ पारेर छोड्यो । यो देशमा कुनै न्याय हुँदैन । की न्याय भनेको यही हो ? अपराधीका लागि कानूनमा यति सजाय भनेर किन तोक्नुपर्छ । सरकारले एउटा नियम बनाउँछ, यस्तो भइरहेको छ ।’
अध्यक्ष ओलीले कानून नमान्ने भए अपराधीका लागि कानूनमा यति सजाय भनेर किन तोक्नुपर्छ भन्दै प्रश्न गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
कस्ता खेलाडीले जित्छन् गोल्डेन बुट ? २०२६ मा कसले बाजी मार्ला ?
-
न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : आज सातै प्रदेशमा वर्षाको सम्भावना
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण