संसदमा ओलीको सम्बोधन आक्रोश बाहेक केही होइन : सांसद पौडेल
मङ्गलबार, १६ असोज २०८०, १९ : ४३
काठमाडौँ । नेकपा(माओवादी केन्द्र)का सचिव तथा सांसद देवेन्द्र पौडेलले एमाले अध्यक्ष केपी ओलीले संसदमा गरेको सम्बोधनमा कुनै दृष्टिकोण नभएको बताएका छन् ।
मंगलबार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद पौडेलले एमाले अध्यक्ष ओलीको सम्बोधनमा कुनै दृष्टिकोण नभएको बताएका हुन् । उनले ओली गणतन्त्र विरोधी भएको र आफूहरुले जनयुद्ध गरेकै कारण गणतन्त्र आएको भन्दै जनयुद्धको बिरोध गर्नु उपयुक्त नहुने बताए ।
उनले ओलीले संसदमा देवदुतले जस्तोगरी उपदेश दिने गरेको भन्दै टिप्पणी गरे । ओलीले संसदीय गणितमा आफू अल्पमतमा परेको भावना मात्रै अभिव्यक्ति गर्ने गरेको उनले उल्लेख गरे ।
उनले संसदमा ओलीको सम्बोधन आक्रोश बाहेक केही नभएको टिप्पणी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
-
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, कुन–कुन प्रदेशमा छ वर्षाको सम्भावना ?
-
झाडी फाँडेर फलफूल बगैँचा
-
‘ज्येष्ठ नागरिक उद्यान’ नयाँ पर्यटकीय गन्तव्य
-
शुक्रबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
कारागारबाट फरार दुई कैदी नौ महिनापछि पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण