शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

संसदमा ओलीको सम्बोधन आक्रोश बाहेक केही होइन : सांसद पौडेल

मङ्गलबार, १६ असोज २०८०, १९ : ४३
मङ्गलबार, १६ असोज २०८०

काठमाडौँ । नेकपा(माओवादी केन्द्र)का सचिव तथा सांसद देवेन्द्र पौडेलले एमाले अध्यक्ष केपी ओलीले संसदमा गरेको सम्बोधनमा कुनै दृष्टिकोण नभएको बताएका छन् । 

मंगलबार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद पौडेलले एमाले अध्यक्ष ओलीको सम्बोधनमा कुनै दृष्टिकोण नभएको बताएका हुन् । उनले ओली गणतन्त्र विरोधी भएको र आफूहरुले जनयुद्ध गरेकै कारण गणतन्त्र आएको भन्दै जनयुद्धको बिरोध गर्नु उपयुक्त नहुने बताए । 

उनले ओलीले संसदमा देवदुतले जस्तोगरी उपदेश दिने गरेको भन्दै टिप्पणी गरे । ओलीले संसदीय गणितमा आफू अल्पमतमा परेको भावना मात्रै अभिव्यक्ति गर्ने गरेको उनले उल्लेख गरे ।

उनले संसदमा ओलीको सम्बोधन आक्रोश बाहेक केही नभएको टिप्पणी गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप