माओवादीको पत्र अपरिपक्वताको पराकाष्ठा : बाबुराम समूह
काठमाडौँ । नेपाल समाजवादी पार्टी(नेसपा) को बाबुराम भट्टराई समूहले पार्टी एकताका लागि माओवादी केन्द्रले पठाएको पत्रलाई अपरिपक्वताको पराकाष्ठा भएको प्रतिक्रिया दिएको छ । सोमबार र मंगलबार बसेको नेसपाको कार्यकारिणी समितिको बैठकले उक्त पत्राचारलाई मान्यता नदिई घोर भर्त्सना गरेको अध्यक्ष डा. बाबुराम समूहका एक नेताले बताए ।
‘माओवादीको पत्रलाई पार्टीले मान्यता दिएको छैन । बैठकले घोर भर्त्सना गरेको छ । त्यो कुनै पत्राचारै होइन । पत्राचार अपरिपक्वताको पराकाष्ठा हो’, भट्टराईका स्वकीय सचिवसमेत रहेका नेता रोशन पोखरेलले रातोपाटीसँग भने ।
यस्तै उपाध्यक्ष दुर्गा सोबले पार्टी एकता सम्बन्धमा माओवादीले पठाएको पत्रको निन्दा गर्दै विचार, नीति, सिद्धान्त मिल्नेसँग राजनीति छलफल गर्न पार्टी खुला रहेको बताइन् । कार्यकारिणी बैठकमा माओवादीसँग पार्टी एकता गर्नेसम्बन्धमा दुई दिनसम्म गम्भीर छलफल भएको जानकारी दिइन् । उनले केन्द्रीय समिति बैठक बोलाउने गरी बुधबार पदाधिकारी बैठक बोलाएको जानकारी दिइन् ।
‘छलफल टुङ्गिएको छैन । पदाधिकारी बैठकले टुङ्गो लगाउँछ । केन्द्रीय समिति बैठक बोलाउने, त्यसले पार्टी एकता र विधान महाधिवेशनको मिति तय गर्ने निर्णय भएको छ’, उपाध्यक्ष सोबले भनिन् ।
माओवादीले भदौ ३० गते पठाएको पत्रले नेसपाभित्र अन्तर्विरोध उत्पन्न भएको छ । सोही विषयमा निर्णय लिन पदाधिकारी बैठक १२ बजे बस्न लागेको सोबले बताइन् ।
माओवादीले नेता महिन्द्रराय यादवलाई सम्बोधन गरेर केहीअघि पत्राचार गरेको थियो । सो पत्रलाई रायसहितका नेताहरूले भने सकारात्मक रुपमा लिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भोजपुरमा ‘मुन्दुम मनसुन ट्रेल रेस’ हुँदै
-
गौशालाका सबै विद्यालयमा गर्मी बिदा
-
दिक्तेल–चखेवा भञ्ज्याङ सडक : माम्खामा निर्माणाधीन पर्खाल भासिँदा ६ घर जोखिममा
-
भारतले रवि लामिछानेलाई किन बोलायो ? मोहन विक्रम सिंहले औँल्याए दुई उद्देश्य
-
ईपीजी प्रतिवेदनप्रति परराष्ट्रमन्त्रीले चासो देखाए, बुझे दराजको चाबी
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण