बोनी कपुरको स्पष्टीकरण : श्रीदेवी विवाह अघि गर्भवती भएकी थिइनन्
बोनी कपुरले अन्ततः श्रीदेवीको पहिलो गर्भावस्थाबारे फैलिएको हल्लाबारे स्पष्टीकरण दिएका छन् । उनले श्रीदेवीसँग विवाह भएको वास्तविक मिति उल्लेख गर्दै जुन हल्ला फैलिएको छ, त्यसमा कुनै सत्यता नभएको बताएका छन् ।
एक भारतीय सञ्चार माध्यमलाई हालै दिएको एक अन्तर्वार्तामा उनले यसबारे कुरा गरेका छन् । बोनीका अनुसार उनले श्रीदेवीसँग सन् १९९६ जुन २ मा विवाह गरेका हुन् । यी दुईले पहिल्यै विवाह गरे पनि सार्वजनिक रूपमा भने सन् १९९७ जनवरीमा मात्रै विवाह गरे । मितिमा भएको यही गडबडीका कारण श्रीदेवी विवाह अघि नै गर्भवती भएकी हुन् भन्ने हल्ला चल्यो ।
‘मेरो दोस्रो विवाह, मेरो श्रीदेवीसँगको विवाह सिर्दिमा भयो । हामीले जुन २ मा विवाह गरेका थियौँ । विवाहका केही कार्यक्रम भए । हामीले त्यहाँ रात पनि बितायौँ । त्यसपछि श्री जनवरीमा गर्भवती भइन् । उनी गर्भवती भएपछि हामीसँग सार्वजनिक रूपमा विवाह गर्नुको विकल्प थिएन । जुन २ सिर्दिमा विवाह भएको थियो तर सार्वजनिक रूपमा हाम्रो विवाह सन् १९९७ जनवरीमा मात्रै भयो । त्यसैले अहिलेसम्म पनि मानिसहरूले श्रीदेवी विवाह अघि नै गर्भवती भएकी थिइन् भनेर लेख्ने गर्छन्,’ बोनीले द न्यु इन्डियनसँगको कुराकानीमा भने ।
बोनी कपुरले आफ्नी जेठी श्रीमती मोनासँग श्रीदेवीसँगको आफ्नो भावना बारे पनि आफूले निरन्तर पारदर्शिता कायम राखेको खुलासा गरे । उनले आफूले आफैँलाई एक अभूतपूर्व र इमानदार पारिवारिक व्यक्तिको रूपमा चित्रण गर्दै छोराछोरी अर्जुन, अंशुला, जान्ह्वी र खुसीसहित परिवारका सबै सदस्य आफ्ना लागि अमूल्य भएको बताए ।
विवाहपछि बोनी र श्रीदेवीका दुई छोरी जान्ह्वी कपुर र खुसी कपुर भए । जान्ह्वी बलिउडमा काम गरिरहेकी छिन् भने खुसी डेब्युको तयारीमा छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खिम्ती जलविद्युत् केन्द्रको स्वामित्व हस्तान्तरणका लागि प्राधिकरणद्वारा वार्ता समिति पुनर्गठन
-
विधि विज्ञान प्रयोगशाला विधेयकबारे आगामी बैठकमा विज्ञहरूसँग छलफल गर्ने संसदीय समितिको निर्णय
-
क्यान्सरका बिरामीलाई थप पीडा : किमोथेरापीमा प्रयोग हुने औषधि पाउनै सकस
-
भारतीय विदेशमन्त्री जयशङ्करको निमन्त्रणामा परराष्ट्रमन्त्री खनाल भोलि भारत जाने
-
सन् २०२२ को जादु दोहोर्याउने लक्ष्यमा मोरक्को
-
एमालेको १० बुँदे संकल्प : एक संगठित सदस्य बराबर ३ जना नयाँ सदस्य (प्रस्तावसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण