नयाँ ‘अल्टिमा वाच सर्कल’ र ‘अल्टिमा वाच म्याजिक प्रो’ स्मार्टवाच बजारमा
काठमाडौँ । नेपाली ब्रान्ड – अल्टिमा लाइफस्टाइलले नयाँ दुई वटा स्मार्टवाच बजारमा सार्वजनिक गरेकोे छ । सार्वजनिक भएकोे स्मार्टवाचका मोडलहरु – ‘अल्टिमा वाच सर्कल’ र ‘अल्टिमा वाच म्याजिक प्रो’ रहेका छन् । अल्टिमा वाच सर्कल त्रु अमोलेद स्मार्टवाच हो भने अल्टिमा वाच म्याजिक प्रो एक किफायती आधुनिक विशेषतायुक्त स्मार्टवाच भएको कम्पनीको भनाइ छ ।
‘अल्टिमा वाच सर्कल’ बुधबार आधिकारिक रूपमा बजारमा सार्वजनिक भएको छ । उपोभोक्ताहरुले सीमित अवधिको लागि अल्टिमा वाच सर्कल विशेष मूल्य रु. ३,९९९ मा खरिद गर्न सक्नेछन् । तत्पश्चात् अल्टिमा वाच सर्कलको बजार मूल्य रु. ५,९९९ रहनेछ ।
‘अल्टिमा वाच म्याजिक प्रो’ पनि बुधबार नै आधिकारिक रूपमा बजारमा सार्वजनिक भएको छ । उपोभोक्ताहरुले सीमित अवधिको लागि अल्टिमा वाच म्याजिक प्रो विशेष मूल्य रु. २,९९९ मा खरिद गर्न सक्नेछन् । त्यसपछि बजार मूल्य रु. ५,९९९ रहनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'नेपालको जलस्रोत' सार्वजनिक : जलसम्पदालाई राष्ट्रिय समृद्धिको आधार बनाउन उपेन्द्र यादवको आग्रह
-
एमबीएस प्रश्नपत्र लिक गर्ने आरोपीको खुलाइयो परिचय
-
फैसला कार्यान्वयन गर्न चार पटक ताकेता, श्रम मन्त्रालयको बेवास्ता
-
एमबीएस प्रश्नपत्र लिक प्रकरणः कसरी हुँदै छ छानबिन ?
-
अमेरिका–रुसको अन्तरिक्ष टोली २४१ दिनपछि कजाखस्तानमा सुरक्षित अवतरण
-
१८ जनाको पासपोर्ट र १ करोडभन्दा बढी रकम लिएर फरार (भिडिओ रिपोर्ट)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण