शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

नयाँ ‘अल्टिमा वाच सर्कल’ र ‘अल्टिमा वाच म्याजिक प्रो’ स्मार्टवाच बजारमा

बुधबार, १७ असोज २०८०, १४ : २१
बुधबार, १७ असोज २०८०

काठमाडौँ । नेपाली ब्रान्ड – अल्टिमा लाइफस्टाइलले नयाँ दुई वटा स्मार्टवाच बजारमा सार्वजनिक गरेकोे छ । सार्वजनिक भएकोे स्मार्टवाचका मोडलहरु – ‘अल्टिमा वाच सर्कल’ र ‘अल्टिमा वाच म्याजिक प्रो’ रहेका छन् । अल्टिमा वाच सर्कल त्रु अमोलेद स्मार्टवाच हो भने अल्टिमा वाच म्याजिक प्रो एक किफायती आधुनिक विशेषतायुक्त स्मार्टवाच भएको कम्पनीको भनाइ छ ।  
 
‘अल्टिमा वाच सर्कल’ बुधबार आधिकारिक रूपमा बजारमा सार्वजनिक भएको छ । उपोभोक्ताहरुले सीमित अवधिको लागि अल्टिमा वाच सर्कल विशेष मूल्य रु. ३,९९९ मा खरिद गर्न सक्नेछन्  । तत्पश्चात् अल्टिमा वाच सर्कलको बजार मूल्य रु. ५,९९९ रहनेछ । 
‘अल्टिमा वाच म्याजिक प्रो’ पनि बुधबार नै आधिकारिक रूपमा बजारमा सार्वजनिक भएको छ । उपोभोक्ताहरुले सीमित अवधिको लागि अल्टिमा वाच म्याजिक प्रो विशेष मूल्य रु. २,९९९ मा खरिद गर्न सक्नेछन् । त्यसपछि बजार मूल्य रु. ५,९९९ रहनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप