‘प्लस टुका शिक्षकलाई मावि द्वितीय श्रेणीमा बढुवा गर्दा आफूहरूलाई अन्याय हुन्छ’
काठमाडौँ । मावि तृतीय श्रेणीका शिक्षकहरूले साबिक उमाविका शिक्षकसँग गरिएको सम्झौताले आफूहरू अन्यायमा परेको बताएका छन् । साबिक उमाविका शिक्षकहरूलाई मावि द्वितीय श्रेणी कायम गरी आन्तरिक प्रतिस्पर्धा गराउने सम्झौता सरकारसँग गरिएको थियो ।
उक्त सम्झौताले आफूहरू अन्यायमा परेको मावि तृतीय श्रेणीका स्थायी शिक्षकहरूले बताएका हुन् ।
माध्यमिक तृतीय स्थायी शिक्षक मञ्च गठन गर्दै सरकारको ध्यानाकर्षण गराएका छन् । ६ हजारको हाराहारीमा रहेका साबिक उमाविका शिक्षकहरूलाई मावि द्वितीय श्रेणी कायम गर्दा साढे १२ हजारको हाराहारीमा रहेका मावि तृतीय श्रेणीका शिक्षकहरूले बढुवा हुने अवसरबाट वञ्चित हुनुपर्ने मञ्चका महासचिव नारायण प्रसाद गौतमले बताए ।
उनीहरूसँग गरिएको सम्झौताले आफूहरूले जीवनभर मावि तृतीय श्रेणीमै रहनुपर्ने अवस्था आउने उनको भनाई छ ।
मावि तह तृतीय श्रेणीमा कार्यरत शिक्षकहरूको बढुवा तथा वृत्ति विकासमा बाधा पुग्ने कुनै पनि व्यवस्था विद्यालय शिक्षा विधेयकमा समावेश हुन गएको खण्डमा आफूहरू आन्दोलन गर्न बाध्य हुने चेतावनी दिए ।
राज्यलाई आवश्यक पर्दा आफूहरूले साबिकको उमाविमा समेत पठनपाठन गर्दै आएको तर, व्यवस्थापन गर्दा अन्याय गर्न लागेको उनको भनाई छ ।
‘साबिकको उमाविमा ६ हजार शिक्षक छन् । देशभरका प्लस टुमा हामी मावि तृतीयले नै पढाइरहेका छौँ । राज्यलाई चाहिँदा हामीलाई प्रयोग गर्ने । अहिले व्यवस्थापनको कुरा गर्दा हामीमाथि प्रहार गर्ने काम हुन पुग्यो’ महासचिव गौतमले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम स्पोर्ट्स अवार्ड : सुरेश हमाललाई मरणोपरान्त ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’
-
सुदूरपश्चिम स्पोर्टस् अवार्ड : वर्ष उत्कृष्ट खेलाडीको उपाधि दीपेन्द्रसिंह ऐरीलाई
-
सुदूरपश्चिम स्पोर्ट्स अवार्ड : उत्कृष्ट महिला खेलाडीको अवार्ड मानमती विष्टलाई
-
नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने
-
डेरी क्षेत्रको विकासका लागि पाँच वर्षीय रणनीतिक योजना बनाइने, सरकारसँग नीतिगत सुधारको माग
-
विधानको बाधा अड्काउ फुकाएर केन्द्रीय समिति समायोजनमा मिलेन कुरा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण