दराजको दसैँ धमाका सार्वजनिक
काठमाडौँ । नेपालीहरुको महान् पर्व बडा दसैँलाई लक्षित गर्दै दराज अनलाइन सपिङ्गले ‘दराज दसैँ धमाका’ सार्वजनिक गरेको छ ।
ग्राहकलाई चाडपर्वको किनमेलमा सहज वातावरण प्रदान गर्ने उद्देश्यले सार्वजनिक भएको ‘दराज दसैँ धमाका’ अन्तर्गत प्रयोगकर्ताले छुटका साथै विभिन्न उपहार, भउचर प्राप्त गर्न सक्नेछन् भने डेबिट तथा क्रेडिट कार्ड मार्फत अग्रिम भुक्तानी गरी थप छुटको फाइदा लिन सक्नेछन् । असोज १७ गतेबाट लागूहुने ‘दराज दसैँ धमाका’मा ७० प्रतिशत सम्मको छुट, ७००० बराबरको भउचर जस्ता थुप्रै फाइदाहरु छन् ।
यसका साथै अग्रिम भुक्तानीमा डेबिड कार्डको प्रयोगमा १५ प्रतिशत (रु १,५०० सम्म)र क्रेडिट कार्डमा २० प्रतिशत (रु २,००० सम्म)को छुट, ३५०० भन्दा माथिको अग्रिम भुक्तानीमा कार्डको प्रयोग गर्ने ग्राहकहरुले एक लाख बराबरको सपिङ्ग भउचर पनि प्राप्त गर्ने मौका पाउनेछन् । दसैँ धमाका छुट र उपहार मात्र नभएर उत्कृष्ट अनलाइन सपिङ्ग अनुभव सङ्गाल्दै जीवनमा उमङ्ग भर्ने अवसर पनि हो भन्दै कम्पनीले दराजले सम्पूर्णलाई ‘दराज दसैँ धमाका’मा सहभागी भएर मौकाको फाइदा लिन आग्रह गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिपुरमा कारभित्र जलेका पुरुषको पहिचान खुल्यो
-
लुम्बिनीमा नयाँ सरकार गठनमा निर्णायक मानिएको नेकपाले भन्यो– झन्डा हल्लाउनमात्र सरकारमा जाँदैनौँ
-
देउवा समूहको कार्यक्रममा डा. शेखर कोइराला जाने
-
बारामा कांग्रेसका दुई समूहबिच झडप, केही कार्यकर्ता घाइते
-
बारामा कांग्रेसका दुई समूहबिच झडप
-
सबै व्यक्तिमाथि कानुन समान रूपमा लाग्नुपर्छ, विभेदकारी छानबिन मानिँदैन : नेता दाहाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण