आमिर खानको फिल्ममा सनी देओल मुख्य भूमिकामा रहने
बुधबार, १७ असोज २०८०, २२ : ०७
मुम्बई । अभिनेता आमिर खान र सन्नी देओल फिल्म ‘लाहोर, १९४७’ मा एक साथ आउने भएका छन् । आमिर खानले सामाजिक सञ्जाल एक्समा यसको घोषणा गरेका हुन् ।
‘आमिर खान प्रोडक्सन’ अन्तर्गत बन्न लागेको यो फिल्मलाई राजकुमार सन्तोषीले निर्देशन गर्नेछन् भने सनी देओल मुख्य भूमिकामा रहनेछन् । खानले उनी र उनको टिम देवल र सन्तोषीसँग काम गर्न उत्साहित रहेको बताएका छन् ।
दुवै स्टारले सन्तोषीसँग यसअघि विभिन्न फिल्ममा काम गरिसकेका छन् । तर यो प्रोजेक्टबाट लागि उनीहरु पहिलो पटक एकसाथ आउँदैछन् ।
सन्तोषीको फिल्म ‘घायल’, ‘घातक’, ‘दामिनी’मा सन्नी देओल देखिएका थिए भने आमिर खानले उनीसँग ‘अन्दाज अपना अपना’मा काम गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण