टोटनह्यामविरुद्धको खेल पुनः खेलाइनुपर्ने क्लपको माग
लिभरपुल । लिभरपुलका म्यानेजर योर्गेन क्लपले प्रिमियर लिगमा टोटनह्याम विरुद्धको खेल पुनः खेलाउनु पर्ने बताएका छन् । लुइस डियाजको गोललाई भिडियो एसिस्टेन्ट रेफ्रीले गल्ती गर्दै अस्वीकार गरेपछि उनले यस्तो बताएका हुन् ।
शनिबार भएको खेलमा डियाजको गोललाई गलत रूपमा अफसाइड करार गर्दा भीएआर रेफ्री ड्यारेन इङ्गल्याण्ड र सहायक ड्यान कुकले हस्तक्षेप गरेका थिएनन्। ९६ औँ मिनेटमा जोएल माटिपले आत्मघाती गोल गरेपछि लिभरपुल खेलमा २–१ ले पराजित भएको थियो ।
‘यस्तो कहिल्यै भएको थिएन, त्यसैले मलाई लाग्छ कि खेल पुनः खेलाइनु नै सही कुरा हो,’ क्लपले भने। तर प्रिमियर लिगले खेल पुनः खेलाउने विषयमा विचार गर्ने कुनै सम्भावना नभएको बीबीसीले जनाएको छ ।
साथै लिभरपुलबाट पनि औपचारिक अनुरोध आएको छ कि छैन भन्ने स्पष्ट छैन। क्लबले प्रिमियर लिगलाई रिप्लेको लागि आग्रह गरेको छ कि छैन भनेर सोध्दा क्लपले भने, ‘यो समयमा हामी अझै पनि हामीसँग भएको जानकारी अध्ययन गरिरहेका छौँ।’
रेफरीहरूको निकाय पीजीएमओएलले मंगलबार अफसाइडलाई लिएर म्याच अधिकारीहरू बिचको छलफलको अडियो सार्वजनिक गरेको थियो। अडियोमा रेफ्री इङ्ल्यान्डले पनि आफ्नो गल्ती थाहा पाएको सुन्न सकिन्छ ।
क्लपले भने, ‘अडियोले केही परिवर्तन भएको छैन। यो एक स्पष्ट गल्ती हो। यसको समाधान हुनुपर्छ। त्यो भने पुनः खेल्नु हो । तर सायद यो सम्भवतः हुनेछैन।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकार र मिटरब्याज पीडितबिचको सम्झौता अनुमोदन, मिटरब्याजसँग सम्बन्धित सबै लिखत अवैध घोषित
-
‘मिसेस नेपाल वर्ल्ड’ को आवेदन खुला : विजेताले अमेरिकामा हुने ‘मिसेस वर्ल्ड’ मा नेपालको प्रतिनिधित्व गर्ने
-
गणेश नेपालीको आत्मदाह घटनाको सम्बन्धमा न्यायिक समिति गठन
-
विशेष अदालत र श्रम अदालतको अध्यक्ष नियुक्त
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण