बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

मध्यपुरथिमि नगरपालिकाको आन्तरिक आम्दानी रु २४ करोड

बुधबार, १७ असोज २०८०, २२ : ५४
बुधबार, १७ असोज २०८०

भादगाउँ । मध्यपुरथिमि नगरपालिकाले गत आर्थिक वर्ष २०७९/८० मा रु २४ करोडभन्दा बढी आन्तरिक आम्दानी गरेको छ । नगरपालिकाको १ देखि ९ वडा कार्यालय र नगर कार्यपालिकाको राजस्व शाखा गरी १० वटा सङ्कलन केन्द्रबाट गत आवमा रु २४ करोड १३ लाख ३८ हजार सात सय ४८ आन्तरिक आम्दानी गरेको हो ।

मध्यपुरथिमिले गत आवमा नगर कार्यपालिकाको राजस्व शाखाले सङ्कलन केन्द्रमध्ये सबैभन्दा धेरै रु आठ करोड पाँच लाख ३० हजार आठ सय ५८ आन्तरिक आम्दानी गरेको आर्थिक शाखाले जानकारी दिए । वडा कार्यालयमध्ये सबैभन्दा धेरै वडा नं ३ ले आम्दानी गरेको छ । वडा नं ३ ले रु तीन करोड ९८ लाख १७ हजार दुई सय २५ आम्दानी गरेको हो ।

वडाले रु चार करोड ५० लाख आम्दानी गर्ने लक्ष्य राखेको थियो । वडा नं ३ का वडाध्यक्ष एवं नगर प्रवक्ता कृष्णहरि आचार्यले भने, “व्यवसाय दर्ता अभियानअन्तर्गत जनप्रतिनिधि र कर्मचारीको संयुक्त टोली घरघर र पसलपसलमा पुगेर व्यवसाय दर्ताका लागि अनुरोध गरिएको र सोअनुसार करिब चार सय व्यवसाय नयाँ दर्ता गर्न सफल भएकाले करिब चार करोड राजस्व सङ्कलन गर्न सफल भएको हो ।”

वडा कार्यालयमध्ये वडा नं २ ले रु दुई करोड २७ लाख ५५ हजार सात सय ७४, वडा नं १ ले दुई करोड २२ लाख ४२ हजार नौ सय ५६, वडा नं ४ ले एक करोड ९२ लाख ६४ हजार छ सय २०, वडा नं ९ ले एक करोड ६३ लाख ८२ हजार पाँच सय ८७ रुपैया सङ्कलन गरेको नगरपालिकाका सूचना अधिकारी एवं महाशाखा प्रमुख केशव सिलवालले जानकारी दिए ।

यसैगरी वडा नं ५ ले रु एक करोड ५० लाख ५५ हजार ९८, वडा नं ६ ले रु ९७ लाख ५९ हजार दुई सय १७, वडा नं ८ ले रु ८८ लाख ४६ हजार आठ सय र सबैभन्दा कम वडा नं ७ ले रु ६६ हजार ८३ हजार सात सय २४ आम्दानी गरेको सिलवालको भनाइ छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप