नेपालगञ्जमा आंशिकरुपमा कर्फ्यू हटाइयो, निषेधाज्ञा जारी

काठमाडौँ । बाँकेको नेपालगञ्जमा लगाइएको कर्फ्यू बिहीबार बिहानदेखि आंशिक रूपमा हटाइएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेले एक सूचना जारी गर्दै बिहान ८ बजेदेखि राति ८ बजेसम्मलाई कर्फ्यू हटाइएको जानकारी दिएको हो ।
राति ८ बजेदेखि शुक्रबार बिहान ६ बजेसम्म पूर्ववत् रूपमा नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रभित्र कर्फ्यू जारी रहने सूचनामा उल्लेख छ ।
कर्फ्यू खुल्ला गरिएको अवधिमा निषेधाज्ञा भने जारी गरिएको छ । बिहान ८ बजेदेखि राति ८ बजेसम्म नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रभित्र कुनै प्रकारको भेला, जुलुस, सभा, बैठक, प्रदर्शन वा पोस्टर, पर्चाजस्ता प्रचार सामग्री टाँस्न वा लेख्न नपाइने प्रशासन कार्यालयले जनाएको छ ।
हुलदङ्गा वा अशान्ति गर्ने उद्देश्यले एकै ठाउँमा पाँच जनाभन्दा बढी मानिस जम्मा हुन नपाउने गरी निषेधाज्ञा जारी गरिएको पनि सूचनामा उल्लेख छ । प्रमुख जिल्ला अधिकारी विपीन आचार्यले जिल्लामा समग्र शान्ति सुव्यवस्था कायम गर्न, सार्वजनिक सम्पत्तिको संरक्षण, सामाजिक सद्भाव कायम गर्न तथा मानव अधिकारको सम्मान गर्न अनुरोध समेत गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नगरवासीको बिजुली महसुल पालिकाबाट भुक्तानी
-
यसकारण मैले सेजमा लगानी गर्ने आँट गरिनँ
-
महिमानको ‘फेक पत्र’ ले उब्जायो आशङ्का, त्रुटि रोक्न सर्वोच्चले के गर्ने ?
-
मलेसिया र दुबईबाट फर्केर गाईपालन, मासिक एक लाख आम्दानी
-
पोखरा–मुग्लिङ सडक विस्तार : विद्युत् पोल एक साताभित्र हटाइँदै
-
बिजुलीको पोलमा कार ठोक्किएपछि...