बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

कमालको हुन्छ बेलपत्र : पानीमा उमालेर पिउँदा मधुमेह घट्छ, रक्तचाप नियन्त्रणमा राख्छ

बिहीबार, १८ असोज २०८०, १० : ०७
बिहीबार, १८ असोज २०८०

हिन्दु धर्ममा बेलपत्रलाई दिव्य मानिन्छ । बेलपत्र भगवान् शिवको निकै प्रिय पनि मानिन्छ । पुराण र वेदका अनुसार बेलपत्रको धार्मिक, औषधीय तथा सांस्कृतिक महत्त्व छ । 

आयुर्वेदमा बेलपत्रको ठुलो महत्त्व

बेलपत्र मात्रै होइन, बेल फलको पनि थुप्रै औषधीय लाभ छ । बेलको फलमा भिटामिन र खनिज अत्यधिक मात्रामा पाइन्छ जस्तै भिटामिन ए, सी, क्याल्सियम, पोटासियम, राइबोफ्लेविन, फाइबर र बी६, बी१२ र बी१ हुन्छ । यी खनिज र भिटामिन शरीरको विकासका लागि लाभकारी मानिएको छ । 

शरीरलाई सन्तुलित राख्छ

यो रुखको पात र फलको सेवनले तीन दोष सन्तुलित रहन्छ जसलाई आयुर्वेदमा वात, पित्त र कफ भनिएको छ । यसबाहेक बेलपत्रको दैनिक सेवनले उच्च रक्तचाप, मुटु सम्बन्धी समस्या र कोलेस्ट्रोललाई नियन्त्रण गर्न मद्दत मिल्छ । पहिला काँचो बेलमा बेसार र घिउ मिसाएर हड्डी भाँच्चिँदा लगाइने गरिन्थ्यो । 

यसरी खानुहोस् पात

भारतका आयुर्वेदिक चिकित्सक डा. दीप्ति नामदेवले हिन्दु धर्मका अनुसार भगवान् शिवलाई जुन बेलपत्र चढाइन्छ, त्यसलाई प्रसादको रूपमा कसैले खान्छ भने उसले विभिन्न खालका समस्याबाट छुटकारा पाउन सकिन्छ । उनी भन्छन्, ‘यसको आयुर्वेदमा ठुलो महत्त्व छ । यो पात दैनिक रूपमा खाने हो भने रक्तचाप, मधुमेहको समस्या हट्छ । पातलाई पानीमा उमालेर पिउँदा मधुमेहबाट छुटकारा पाउन सकिन्छ । यसबाहेक बेलको सर्बत पेटका लागि निकै लाभदायी मानिएको छ ।

– बेलमा पाइने ट्यानिनले झाडापखाला रोकथाममा सहयोग गर्छ । यो फलको सुकेको पाउडर पुरानो पखालाको उपचार गर्न प्रयोग गरिन्छ । 

– बेलको रुखमा एन्टीफंगल र एन्टीभाइरल तत्त्व हुने भएकोले शरीरमा देखिने विभिन्न सङ्क्रमणको उपचार गर्न सहयोग गर्छ ।

– बेलपत्रमा पाइने तत्त्वले उच्च कोलेस्ट्रोललाई पनि नियन्त्रणमा ल्याउँछ ।

– बेलपत्रबाट निकालिने तेलले श्वासप्रश्वास सम्बन्धी समस्या जस्तै दमको उपचारमा सहयोग गर्न सक्छ ।

– पाकेको बेल र घिउलाई आफ्नो दैनिक आहारमा समावेश गर्न सकियो भने यसले विभिन्न खालका मुटु रोगको समस्या रोकथाम गर्न सक्छ ।

– बेलले कब्जियतबाट राहत प्रदान गर्न सहयोग गर्छ । बेलको गुदीमा नुन र कालो मरीच मिसाएर खाने गर्दा आन्द्राबाट टक्सिन निकाल्न सहयोग गर्छ ।

– बेलपत्रको जुस खाँदा कपाल झर्ने समस्या पनि हट्छ । यसले रुखो कपाललाई नरम बनाउँछ ।

– बेलपत्रमा एन्टिअक्सिसेन्ड तत्त्व हुने भएकोले यसले ग्यास्ट्रिक अल्सर हटाउन पनि मद्दत गर्छ । अल्सर पेटमा एसिडको मात्रा असन्तुलनका कारण हुने गर्छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप