एक्समा अब समाचार सेयर गर्दा शीर्षक नदेखिने
बिहीबार, १८ असोज २०८०, १२ : ११
पहिले ट्विटर भनेर चिनिने एक्समा अब समाचार सेयर गर्दा शीर्षक नदेखिने भएको छ । कम्पनीका मालिक एलन मस्कले पोस्टलाई हेर्दा चिटिक्क देखिने बनाउने घोषणा गरेको केही समयपछि यस्तो परिवर्तन आएको हो ।
ट्विटरमा पोस्ट गरिएका लिङ्कमा अब समाचारको फोटो मात्रै देखिन्छ । प्रयोगकर्ताले पेज भिजिट गर्न चाहेमा फोटोलाई क्लिक गर्नै पर्छ ।
यो परिवर्तन आइओएस र डेस्कटप प्रयोगकर्ताका लागि बुधवारदेखि लागू गरिएको छ ।
यो परिवर्तनका लागि गत अगस्टदेखि काम भइरहेको थियो । योजनाबद्ध रूपमा गरिएको यो परिवर्तनपछि मस्कले लेखे, ‘यो परिवर्तन मबाट सिधै आएको छ । साजसज्जामा थप परिवर्तन हुनेछ ।’
अघिल्लो वर्ष मस्कले ट्विटर किनेपछि यसमा एक एक गरी व्यापक परिवर्तन देख्न पाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण