गिद्ध संरक्षणमा सघाउ पुर्याउन तीन पशु औषधिमा प्रतिबन्ध
काठमाडौँ । नेपाल सरकारले गिद्ध संरक्षणमा सहयोग पुर्याउन एसेस्लोफेन्स र केटोप्रोफेन तथा टक्सिक ‘भेटरिनरी नन–स्टरोइडल एन्टी–इन्फ्लाम्मटोरी ड्रग्स’ प्रतिबन्ध गर्ने भएको छ ।
वन तथा वातावरण मन्त्रालयले भारत र बङ्गलादेशमा समेत प्रतिबन्धित उक्त तीन औषधि प्रयोग भएका मृत पशुहरु गिद्धले खादा, गिद्धको स्वास्थ्यमा प्रतिकुल असर परेर मृत्यु हुने भएकाले पशु रोगमा ती औषधिहरु प्रयोग प्रतिबन्ध गर्न लागेको हो ।
मन्त्रालयअन्तर्गतको नेपाल गिद्ध पुनःस्थापन समितिको बुधबार बसेको बैठकले सो निर्णय गरेको राष्ट्रिय निकुञ्ज तथा वन्तयजन्तु संरक्षण विभागले जनाएको छ । निकुञ्जका महानिर्देशकको अध्यक्षतामा आयोजित बैठकमा गिद्ध संरक्षण कार्ययोजना (२०२३–२०२७) बारे प्रस्तुति तथा छलफल भएको थियो ।
बैठकले गिद्धको संरक्षणमा नकारात्मक असर पार्ने ‘भेटरिनरी नन–स्टरोइडल एन्टी–इन्फ्लाम्मटोरी ड्रग्स’को प्रयोगलाई व्यवस्थित गर्न नेपाल पंक्षी संरक्षण संघको सहयोगमा संरक्षण साझेदार संस्थालाई सहभागी गराई सरोकारवाला स्थानीय सरकार, पशु चिकित्सक र भेट फर्मासमेतलाई लक्ष गरी जन–चेतनामुलक र अन्य समन्वयात्मक कार्यक्रमहरु सञ्चालन गर्ने निर्णयसमेत गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परम्परागत नेतृत्वको ‘कम्फर्ट जोन’ र पुराना मानक बदल्न विज्ञहरूको जोड
-
यी ६ सहकारीलाई कार्यालय खाली गर्न महानगरको १५ दिने म्याद
-
कंगोमा विद्रोहीको आक्रमणमा ३० जनाभन्दा बढीको मृत्यु, इबोला नियन्त्रण अभियान प्रभावित
-
विपद्ले निम्त्याउँदैछ अर्बौंको क्षति, तर पूर्वतयारीमा सरकारको बेवास्ता
-
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सदस्य स्वार्थ बाझिने बैठकमा सहभागी हुन नपाउने
-
एमालेको २ दिने कार्यशाला : ओलीले उद्घाटन गरे, शंकरले गर्दैछन् समापन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण