बाराका प्रभावशाली नेता कुशहवा एमाले प्रवेश
बिहीबार, १८ असोज २०८०, १४ : २४
काठमाडौँ । बाराका प्रभावशाली नेता शिवचन्द्र कुशवाहा एमाले प्रवेश गरेका छन् । नेता कुशवाहालाई एमाले अध्यक्ष केपी शर्मा ओलीले बिहीबार एमाले पार्टी कार्यालय च्यासलमा आयोजित एक कार्यक्रमबीच पार्टी प्रवेश गराएका हुन् ।
गत मङ्सिरमा भएको प्रतिनिधिसभा निर्वाचनमा कुशहवा जसपाका रामसहायप्रसाद यादवसँग बारा २ मा निर्वाचन लडेर पराजित भएका थिए ।
यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि रिक्त उक्त क्षेत्रमा गएको वैशाख १० गते उपनिर्वाचनमा निर्वाचनमा लड्न उनी नेकपा माओवादी केन्द्र छाडेर जनमत पार्टीमा प्रवेश गरे पनि उपनिर्वाचनमा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग पराजित भएका थिए ।
पराजित भएसँगै उनी जनमतमा निश्किृय जस्तै बसेर सीकेविरुद्ध अभियान चलाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण