शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

विश्वको सबैभन्दा असहज ‘सुविधाजनक स्टोर’, ठाडाे चट्टानको बिचमा छ

बिहीबार, १८ असोज २०८०, १६ : ३४
बिहीबार, १८ असोज २०८०

विश्वको सबैभन्दा असहज ‘सुविधाजनक स्टोर’ चीनको हुनान प्रान्तमा अवस्थित छ । जमिनभन्दा १२० मिटर माथि ठाडो चट्टानमा अवस्थित यो स्टोर हेर्दा मात्रै पनि डरलाग्दो छ । 

फेर्राटाको छेउमा अवस्थित यो स्टोरमा आगन्तुकहरू फलामे ह्यान्डल, तेर्सो भर्‍याङ र केबल प्रयोग गरेर पुग्न सक्छन् । यो अद्भुत ‘सुविधाजनक स्टोर’ चट्टान चढ्ने आरोहीका लागि एक छिन सुस्ताउने चौतारी बनेको छ । यद्यपि, यसलाई केही वर्ष अघि नै असाधारण कन्भिनियन्स स्टोरमा परिणत गरिएको छ जहाँ आगन्तुकले आफ्नो बोतलमा निःशुल्क पानी भर्न पाउँछन् । यसका साथै यहाँ पैसा तिरेर मुनकेक, सोडा र जुस किन्न पाइन्छ । यो कन्भिनियन्स स्टोर वर्षौँअघि सञ्चालनमा आए पनि पछिल्लो पटक यहाँको भिडियो भाइरल भएपछि मात्रै यो चर्चामा आएको हो । 

mountain-store2विश्वको सबैभन्दा असहज सुविधाजनक स्टोरले व्यस्त मिड–अटम फेस्टिभल र राष्ट्रिय दिवसका बिदाहरूमा पर्यटकलाई सेवा दिने गर्छ । पर्यटकलाई हाइड्रेट गर्ने र आरोहणबाट एक छिन भए पनि उनीहरूको दिमाग हटाउने मौका पनि दिन्छ ।

काठले बनेको यो कन्भिनियन्स स्टोरमा एक पटकमा एकजना मात्रै भित्र बस्न मिल्छ । स्टोरमा सामान थप्नुपर्‍यो भने कर्मचारीले डोरी लगाएर जमिनमा भएको सामान माथि तान्ने गर्छन् । 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप