गम्भीर अपराधमा संलग्न भएका व्यक्तिलाई क्लिन चिट दिनु हुँदैन : सांसद प्रधान

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ध्रुवबहादुर प्रधानले सरकारले गम्भीर अपराधमा संलग्न भएका व्यक्तिहरुलाई क्लिन चिट दिनु नहुने बताएका छन् ।
बिहीबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले न्यायिक प्रक्रियाबाट र विधिवत् रुपमा कैद भुक्तान भइसकेपछि मात्रै मिनाहा गर्ने प्रावधान रहेपनि सो अनुसार हुन नसकेको बताए । उनले सरकारले हालै दिएको आममाफी त्रुटिपूर्ण र गलत रहेको बताए ।
उनले भने, ‘सरकारले गम्भीर अपराधमा संलग्न भएका व्यक्तिहरुलाई क्लिन चिट दिनु हुँदैन, मिल्दैन । न्यायिक प्रक्रियाबाट र विधिवत् रुपमा कैद भुक्तान भइसकेपछि मात्रै मिनाहा गर्ने प्रावधान छ । यस किसिमले सिधा गर्नु हुँदैन । यो त्रुटिपूर्ण र गलत छ । नेपाली जनताले राम्रो सन्देश मानेनन् । यसरी विधिको शासन अन्त्य हुन्छ । भएको सरकारले स्वेच्छाचारी ढंगले काम कारबाही गर्नु हुँदैन ।’
सांसद प्रधानले राजसंस्था फर्काउनु इतिहासलाई कायम राख्नु रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मर्मत सम्भारपछि नेपाल वायु सेवा निगमका ट्वीन अटर विमान सञ्चालनमा
-
१० बजे १० समाचार : बेलायतबाट सांसदको राजीनामा, पूर्व लेफ्टिनेन्ट कर्णेलविरुद्ध ‘डिफ्युजन नोटिस’
-
प्रिबजेटप्रति किन नरम देखिए विपक्षी ?
-
सगरमाथा संवादमार्फत नेपालले भोगेका समस्याबारे विश्वको ध्यानाकर्षण गर्नेछौँ : वनमन्त्री शाही
-
भारतको पञ्जाबमा अवैध रक्सी सेवनबाट २१ जनाको मृत्यु
-
डिजिटल मिडियाको अनुगमन र कारबाही काउन्सिलको क्षेत्राधिकार भएको ठहर