गम्भीर अपराधमा संलग्न भएका व्यक्तिलाई क्लिन चिट दिनु हुँदैन : सांसद प्रधान
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ध्रुवबहादुर प्रधानले सरकारले गम्भीर अपराधमा संलग्न भएका व्यक्तिहरुलाई क्लिन चिट दिनु नहुने बताएका छन् ।
बिहीबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले न्यायिक प्रक्रियाबाट र विधिवत् रुपमा कैद भुक्तान भइसकेपछि मात्रै मिनाहा गर्ने प्रावधान रहेपनि सो अनुसार हुन नसकेको बताए । उनले सरकारले हालै दिएको आममाफी त्रुटिपूर्ण र गलत रहेको बताए ।
उनले भने, ‘सरकारले गम्भीर अपराधमा संलग्न भएका व्यक्तिहरुलाई क्लिन चिट दिनु हुँदैन, मिल्दैन । न्यायिक प्रक्रियाबाट र विधिवत् रुपमा कैद भुक्तान भइसकेपछि मात्रै मिनाहा गर्ने प्रावधान छ । यस किसिमले सिधा गर्नु हुँदैन । यो त्रुटिपूर्ण र गलत छ । नेपाली जनताले राम्रो सन्देश मानेनन् । यसरी विधिको शासन अन्त्य हुन्छ । भएको सरकारले स्वेच्छाचारी ढंगले काम कारबाही गर्नु हुँदैन ।’
सांसद प्रधानले राजसंस्था फर्काउनु इतिहासलाई कायम राख्नु रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवि लामिछानेको ‘विकास कूटनीति’: पूरा होला मल कारखानाको सपना ?
-
मोरङ कांग्रेसमा क्रियाशील सदस्यताको विषयलाई लिएर विवाद, सह–महामन्त्री संग्रौला सहभागी कार्यक्रम बिथोलियो
-
बढ्दो गर्मीका कारण बालबालिकाको शिक्षा र स्वास्थ्यमा प्रभाव
-
गर्मी छल्न विद्यालयहरू धमाधम बन्द गरिँदै
-
पैसाको लेनदेन विवादमा युवतीको हत्या
-
बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण