‘भलिबलको विकासमा सरकारको प्राथमिकता’
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपालको राष्ट्रिय खेल भलिबलको विकासमा विशेष ध्यान दिन जरुरी भएको बताएकी छन् ।
गणतान्त्रिक खेलकुद महासङ्घले आयोजना गरेको ‘वीरजङ्ग स्मृति खुला पुरुष भलिबल प्रतियोगिता’को आज राजधानीमा उद्घाटन गर्दै मन्त्री शर्माले राष्ट्रका लागि खेल्ने खेलाडीलाई सबैले प्रोत्साहन गर्नुपर्नेमा जोड दिइन् ।
“खेलाडीले आर्थिक अभावमा पनि खेल्नु परिरहेको छ, खेलाडीको प्रोत्साहनका लागि सरकारले सेवा सुविधा थप गर्न आवश्यक छ”, उनले भनिन्, “राष्ट्रियस्तरका खेलाडी बर्सेनि विदेशिनुपर्ने बाध्यतालाई रोक्नुपर्छ, खेल क्षेत्रमै सुनौलो भविष्य निर्माण गर्न सरकारले आवश्यक कदम चाल्नुपर्छ ।”
प्रधानमन्त्री आफैँले खेलाडीको आत्मबल बढाउन विभिन्न योजना तथा पुरस्कारको व्यवस्था गरेकाले खेलाडीप्रति वर्तमान सरकार सकारात्मक रहेको स्पष्ट हुन्छ भन्दै सञ्चारमन्त्री शर्माले देशको गरिमा बढाउने खेलकुद क्षेत्रलाई सधैँ प्राथमिकतामा राखिएको बताइन् ।
उक्त प्रतियोगिता असोज २१ गतेसम्म हुने सञ्चालन हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण