बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

रोल्पाको गंगादेव गाउँपालिकाको नाम र केन्द्र परिवर्तन गर्न सिफारिस

बिहीबार, १८ असोज २०८०, २३ : १०
बिहीबार, १८ असोज २०८०

बुटवल । लुम्बिनी प्रदेश सरकारले रोल्पाको गंगादेव गाउँपालिकाको नाम र केन्द्र परिवर्तन गर्न नेपाल सरकारलाई सिफारिस गरेको छ । भदौ ७ गते बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले गंगादेव गाउँपालिकाको नाम र केन्द्र परिवर्तन गर्नको लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पठाउने निर्णय गरेको थियो ।

गंगादेव गाउँपालिकाको नाम परिवर्तन गरी सुकिदह गाउँपालिका रहने र केन्द्र साविक सुकिदह गाउँपालिका वडा नं. २ सुखाओडार (जिनाबाङ) मा स्थानान्तरण गर्ने सम्बन्धी गाउँसभाबाट पारित प्रस्ताव नेपाल सरकारमा पठाउने निर्णय भएका हो । 

गंगादेव गाउँपालिका, सानडाँडा रोल्पाको गत वैशाख ८ गतेको गाउँसभाले गाउँपालिकाको नाम परिवर्तन गरी सुकिदह गाउँपालिका नामाकरण गर्ने र गाउँपालिकाको केन्द्र सुखाओडार (जिनावाङ) रहने गरि निर्णय गरेको थियो ।

स्थानीय ऐन २०७४ को दफा ४ मा व्यवस्था भए बमोजिम गाउँपालिकाको नाम परिवर्तन सम्बन्धमा संघीय सरकारमा सिफारिस गर्न अनुरोध सहित प्रदेश सरकारमा पत्र प्राप्त भएको थियो । प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले सो पत्रको आधारमा गरिएको प्रस्तावलाई स्वीकृत गरेको छ ।  

गाउँसभाबाट पारित प्रस्ताव नेपाल सरकारमा पठाउने निर्णय स्वीकृतीका लागि प्रदेश सरकार मन्त्रिपरिषदमा प्रस्ताव पेश गर्न मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले साउन २१ म स्वीकृति प्रदान गरेका थिए । प्रदेश सरकार (कार्यसम्पादन) नियमावली २०७४ को अनुसूची १ बमोजिम सो प्रस्ताव पेश गरिएको  हो।

213
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप