अनरको फेस्टिभ अफरः दैनिक उपहारदेखि भेस्पा र थाइल्याण्ड टुरको बम्पर उपहारसम्म
काठमाडौँ । नेपालका लागि अनर स्मार्टफोनको आधिकारिक वितरक सेलट्रोन नेपालले आफ्ना ग्राहकका लागि सबैभन्दा ठूलो चाडपर्व अफर ल्याएको छ । “बनाउ दशैं अनरमय” भन्ने ट्याग लाइनका साथ कम्पनीले बम्पर उपहार को पर्व ल्याएको छ । सेलट्रोन नेपालले यस चाडपर्वको अवसरमा यो अफरले अनर ग्राहकहरूमाझ उत्साह सिर्जना गर्ने विश्वास लिएको छ ।
अनरबाट “ अनरको बहार, चाडपर्व मा उपहारै उपहार” नामक अभियान सुरु गरिएको छ । जसमा खरिदकर्ताहरुले स्मार्टफोनको हरेक खरिदमा दैनिक उपहार, मेगा उपहार, बम्पर उपहार र भेस्पा जित्ने अवसर प्राप्त गर्न सक्नेछन् ।
उपहारहरू चार खण्डहरूमा विभाजित छन् । जसमा मानिसहरूले रु. ५,९९० मूल्यको अनर एयरबड एस५ वा रु.६,४९० पर्ने अनर ब्यान्ड सीक्स हरेक दिन जित्ने मौका पाउन सक्नेछन् । दोस्रो मेगा गिफ्ट हो जहाँ खरिदकर्ताहरुले ४३” स्मार्ट टिभी वा अनर वाच ४ वा अनर ९० ५जी जित्ने मौका पाउन सक्छन् । त्यसपछि यो तेस्रो खण्डमा थप रोचक हुन्छ जहाँ ग्राहकहरूले ल्यापटप वा थाइल्याण्ड टुर जित्ने मौका पाउन सक्छन् र अन्तमा, सबैभन्दा गजबको उपहार अर्थात् एक भाग्यशाली विजेताले भेस्पा स्कुटर जित्न सक्ने कम्पनीको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुर्खेत–जुम्ला सडकको दही खोलामा पुल निर्माणका लागि ठेक्का आह्वान
-
कर्णालीका मुख्यमन्त्रीले भने- प्रधानमन्त्री बालेनले इतिहासमा कसैले नबोलेको कुरा बोल्नुभयो
-
बागमतीका सांसदलाई ३ र ५ करोडको बजेट सिलिङ
-
विजय र स्वस्तिमा उत्कृष्ट कलाकार, निर्देशकमा मिलन चाम्स
-
अत्यधिक गर्मी बढेपछि कपिलवस्तु नगरपालिकाका विद्यालयमा तीन दिन बिदा
-
प्रदीप परियारले बजारमा ल्याए ‘सियोधागो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण