बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय
फोटोफिचर

काठमाडौँमा मनाइयो जितिया पर्व, तस्बिरहरू

शनिबार, २० असोज २०८०, १७ : १६
शनिबार, २० असोज २०८०

काठमाडौँ । नेपाल पर्यटन बोर्डमा मिथिला संस्कृतिअनुसार जितिया पर्व मनाइएको छ। ज्यातिषशास्त्रअनुसार महिलाले सन्तानको दीर्घायु र समृद्धिका लागि जितिया व्रत बस्ने गर्दछ । यो व्रत बस्दा सन्तान प्राप्तिका साथै सन्तानलाई दुःख, पीडा र समस्याबाट जोगाउँछ भन्ने विश्वास गरिन्छ । जितियालाई जीवितपुत्रिका व्रत पनि भनिन्छ ।

jitiya parba (1)

महिलाहरु व्रतको विधि पालना गर्दै बिहीबार नजिकैको पोखरी तथा तलाउमा नुहाएर  घिरौलाको पातमा, तोरीको तेल, सिन्दूर, तोरीको पीना (खैर), मेहन्दीको पात, फूलआदि चढाएर विधिपूर्वक नहाय खाय गरेका छन् । उपवासको पूर्वसन्ध्यामा मध्यरातमा खाने खाना दही च्युउरासँगै माछा र मरुवा अनिवार्य खाने चलन छ । शुक्रबार बिहान ४ बजेबाट निराहार बसी शनिबार विहान १० बजेपछि नवमी तिथी प्रारम्भ भएसँगै उपवास तोडेपछि जितिया व्रत सम्पन्न हुन्छ ।

jitiya parba (2)

थारु समुदायमा विशेष मानिने जितियाको उपवास बस्ने महिलाहरू सन्तान तथा सौभाग्य समृद्धिको निम्ती जिमुतवाहन देवतालाई समर्पण गरी फलफूलले डाली भर्ने कथा सुन्ने गरिन्छ । उपत्यकामा विशेष गरेर थारु र तराईका महिला काठमाडौँको पशुपति क्षेत्र र विभिन्न मन्दिरमा गई पूजा गर्छन्। खोला–नालामा समूहमा गई धूमधामसँग जितिया पर्व मनाउँछन्।

jitiya parba (3)jitiya parba (4)jitiya parba (5)jitiya parba (6)jitiya parba (7)jitiya parba (8)jitiya parba (9)jitiya parba (10)jitiya parba (11)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप