शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय
ठगी प्रकरण

‘प्रसाद २’ का निर्देशक थापा र सम्पादक श्रेष्ठविरुद्ध पक्राउ पुर्जी जारी

आइतबार, २१ असोज २०८०, १५ : २३
आइतबार, २१ असोज २०८०

काठमाडौँ । फिल्म ‘प्रसाद २’ का निर्देशक सुदर्शन थापा र सम्पादक मिलन श्रेष्ठविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । फिल्मका निर्माता सुवास बस्नेत र ज्याक श्रेष्ठले फिल्म आफ्नो मन्जुरीबिना देश तथा विदेशमा प्रदर्शन गरेर करोड ठगि गरेको भन्दै उजुरी दिएका हुन् ।

निर्देशक थापा र सम्पादक श्रेष्ठविरुद्ध पक्राउ पुर्जी जारी भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक अधिकृतले जानकारी दिए । अधिकृतका अनुसार आफूहरुको मञ्जुरीबिना फिल्मलाई देश तथा विदेशमा प्रदर्शन गरेको भनेर निर्माता बस्नेत र श्रेष्ठले तीन जनाकोविरुद्ध उजुरी दिएका हुन् । 

जाहेरीमा उल्लेख तीन जनामध्ये एक ओएसआर डिजिटलका सञ्चाल ओमप्रकाश अग्रवाल भने शुक्रबार पक्राउ परेका छन् । उनलाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । प्रहरीले यस बिषयमा थप अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप