सेयर धितो कर्जा वृद्धिको देखिएन उत्साह, नेप्सेमा ३५ अंकको गिरावट
काठमाडौँ । मार्जिन लेण्डिङ अर्थात् सेयर धितो कर्जाको सीमा वृद्धिले पनि बजारमा उत्साह फर्काउन सकेन । गत बुधवार केन्द्रीय बैंकले एक सर्कुलर जारी गर्दै मार्जिन प्रकृतिको सेयर धितो कर्जाको यसअघिको १२ करोडको सीमा पुनरावलोकन गर्दै २० करोड पु-याइएदिएको थियो । तर, कर्जाको सीमा पुनरावलोकनपछिको पहिलो कारोबार दिनमा नै नेप्से सूचक ३५ अंकमाथिले घट्न पुगेको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार आइतबारको पहिलो कारोबार दिनमा नै नेप्से सूचक ३५.६७ अंकले घट्दै १९ सय २१.२४ अंकमा झरेको हो । यस दिन क वर्गको सेन्सेटिभ इन्डेक्स समेत ५.७९ अंकले घटेर ३६७.५७ अंकमा झरेको छ ।
आज १३ वटै उपसूचक ऋणात्मक हुँदै बजार नै राताम्मे हुन पुगेको छ । होटल तथा पर्यटन, हाइड्रोपावर, इन्भेस्टमेन्ट र जीवन बिमा समूहको उपसूचक आज २ प्रतिशत माथिले घटेका छन् भने बाँकी अरू समूहको उपसूचक २ प्रतिशत कमले घटेका छन् ।
यद्यपि, आज बाराही हाइड्रोपावर पब्लिक लिमिटेडको सेयर ९.५९ प्रतिशतले बढेको छ भने हिमालयन लघुवित्त वित्तीय संस्था लि. र गरिमा डिभेन्चरको मूल्य समान १० प्रतिशत (नेगेटिभ सर्किट) घट्न पुगेको छ ।
३५ अंकमाथिले नेप्से सूचक घटेको यस दिन १ अर्ब १७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
-
बागमतीमा ८ मन्त्रालयअन्तर्गत १९१ कार्यालय कायम (नामसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण