शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

हुलाक सेवालाई आधुनिक र प्रतिस्पर्धी बनाउनुपर्छः मन्त्री शर्मा

सोमबार, २२ असोज २०८०, १५ : ०५
सोमबार, २२ असोज २०८०

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले हुलाक सेवालाई आधुनिक र प्रतिष्पर्धी बनाउँदै यसको दायरालाई फराकिलो बनाउनुपर्ने बताएकी छन् । 

सोमवार विश्व हुलाक दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री शर्माले परम्परागत रुपमा हुलाक सेवालाई प्रभावकारी बनाउन नसकिने बताइन् । उनले आगामी दिनमा हुलाक सेवालाई आधुनिक र प्रतिष्पर्धी बनाउँदै यसको दायरलाई फराकिलो पार्नुपर्ने बताइन् । 

उनले हुलाक सेवामा  प्रविधियुक्त संगठनात्मक संरचना बनाउनुपर्ने बताइन् । त्यस्तै हुलाक सेवामा कार्यरत कर्मचारीहरुको क्षमता विकास गर्नुपर्ने पनि उत्तिकै आवश्यक रहेको उनको भनाइ छ । 

उनले भनिन्, ‘परम्परागत रुपमा अब हुलाक सेवालाई प्रभावकारी बनाउन सकिने अवस्था छैन । यसमा व्यापक सुधार ल्याउन, सेवा प्रवाहलाई आधुनिक र प्रतिष्पर्धी बनाउन सरकारको उद्देश्य रहेको छ । त्यसका लागि आवश्यक प्रविधियुक्त संगठनात्मक संरचनासहित कार्यरत कर्मचारीको क्षमता विकास गर्नुपर्ने उत्तिकै आवश्यक छ । सरोकारवालाबिच समन्वय गरी हुलाक सेवाको प्रविधि र भौतिक पूर्वाधार सुधारसहित सेवामा व्यापक सुधार ल्याउन पहल भइरहेको पनि यसै सन्दर्भमा जानकारी गराउन चाहान्छु ।’ 

शर्माले हुलाक सेवाको पुनःसंरचना गर्नुपर्नेमा जोड दिइन् । उनले स्मार्ट हुलाक बनाउनेगरी लाग्न कर्मचारीहरुलाई आग्रह गरिन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप