ईयूले नेपालको संविधान र सङ्घीय शासनमा सहयोग गर्ने
काठमाडौँ । नेपालका लागि युरोपियन युनियनका नवनियुक्त राजदूत भेरोनिक लोरेन्जोले नेपालको संविधान र सङ्घीय शासन व्यवस्थासहित समृद्धिका पक्षमा गरिरहेको सहयोगलाई निरन्तरता दिइने बताएकी छन् ।
नवनियुक्त राजदूत लोरेन्जोले आज यहाँ पत्रकारहरुसँग कुरा गर्दै उनले सङ्घीय शासन व्यवस्था अपनाएको नेपालको समृद्धिमा सहयोग जारी रहने बताएकी हुन् । राजदूत लोरेन्जोले नेपालको गुणस्तरीय शिक्षा, क्षमतामूलक समाज निर्माण, जलवायु परिवर्तन, दिगो विकास, ऊर्जा क्षेत्रको विस्तार एवं प्रवद्र्धन तथा मानव अधिकार संरक्षणलगायत क्षेत्रमा प्रदान गरिँदै आएको सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरिन् ।
महत्वपूर्ण विकास साझेदारका हैसियतले पाँच वर्षीय योजनाअन्तर्गत सन् २०२६ सम्मका लागि नेपाललाई तीन खर्ब (तीनसय विलियन) युरो सहयोग गर्नेगरी ईयुको कार्यक्रम सार्वजनिक भएको स्मरण गर्दै उनले लक्षित उपलब्धि हासिल गर्नेका लागि सबैको तर्फबाट आवश्यक साथ र सहयोग प्राप्त हुने विश्वास व्यक्त गरिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण