कर्णाली प्रदेश
किसानलाई क्षतिपूर्ति दिन कर्णाली सरकारले छुट्यायो ६ करोड रकम
बुधबार, २४ असोज २०८०, १४ : ३४

सुर्खेत । कर्णाली प्रदेश सरकारले भदौ र असोजमा परेको वर्षा र हावाहुरी लगायत प्राकृतिक प्रकोपवाट क्षती बेहोरेका किसानहरुलाई राहत प्रदान गर्न ६ करोड रुपैयाँ छुट्याएको छ । प्राकृतिक प्रकोपले कर्णाली प्रदेशका विभिन्न जिल्लाहरुमा बालीनाली तथा पशुपन्छीको क्षति भएको थियो ।
कर्णाली प्रदेशको बुधबार बसेको मन्त्रिपरिषद बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता कृष्णबहादुर जिसीले जानकारी दिए । उनका अनुसार बुधबारकै बैठकले नेपाल बार एशोसियनको बार्षिक साधारण सभाका लागि १५ लाख अनुदान दिने निर्णय पनि गरेको छ ।
कर्णाली प्रदेश सरकारले इजरायलमा हमासको आक्रमणमा परि मृत्यु हुने कर्णाली प्रदेशका नागरिकका परिवारलाई तीन लाख प्रदान गर्ने घोषणा गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्सेली टोलीलाई नारच्याङमा भव्य स्वागत
-
‘जेठो हिमाल’ अन्नपूर्ण आरोहणको हीरक महोत्सव मनाईँदै
-
लगातार चौथो वर्ष रियल मड्रिड विश्वकै सबैभन्दा मूल्यवान् फुटबल क्लब
-
जुत्ता गन्हाएर वाक्क हुनुहुन्छ ? अपनाउनुहोस् यी उपाय
-
च्याम्पियन्स लिग फाइनल : युवा जोससामु निरीह बन्यो बुढो बाघ
-
स्वदेशी वस्तु प्रयोग गर्न सार्वजनिक निकायलाई पत्राचार, धेरै प्रयोग गर्नेलाई पुरस्कार