कर्णाली प्रदेश
किसानलाई क्षतिपूर्ति दिन कर्णाली सरकारले छुट्यायो ६ करोड रकम
बुधबार, २४ असोज २०८०, १४ : ३४
सुर्खेत । कर्णाली प्रदेश सरकारले भदौ र असोजमा परेको वर्षा र हावाहुरी लगायत प्राकृतिक प्रकोपवाट क्षती बेहोरेका किसानहरुलाई राहत प्रदान गर्न ६ करोड रुपैयाँ छुट्याएको छ । प्राकृतिक प्रकोपले कर्णाली प्रदेशका विभिन्न जिल्लाहरुमा बालीनाली तथा पशुपन्छीको क्षति भएको थियो ।
कर्णाली प्रदेशको बुधबार बसेको मन्त्रिपरिषद बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता कृष्णबहादुर जिसीले जानकारी दिए । उनका अनुसार बुधबारकै बैठकले नेपाल बार एशोसियनको बार्षिक साधारण सभाका लागि १५ लाख अनुदान दिने निर्णय पनि गरेको छ ।
कर्णाली प्रदेश सरकारले इजरायलमा हमासको आक्रमणमा परि मृत्यु हुने कर्णाली प्रदेशका नागरिकका परिवारलाई तीन लाख प्रदान गर्ने घोषणा गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण