बाइडेनको दाबीबाट हट्यो ह्वाइट हाउस, भन्यो- ‘राष्ट्रपतिले बालबालिकाको टाउको काटिएको’ तस्बिर हेर्नुभएको छैन’

वासिङ्टन । बुधबार अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायलमा ुहमासका आतङ्ककारीहरूले बालबालिकाको टाउको काटेकोु तस्बिरहरू देखेको बताएका थिए। बुधवार दिउँसो यहुदी समुदायका नेताहरूसँग कुरा गर्दै बाइडेनले भनेका थिए, ‘आतङ्कवादीहरूले बालबालिकाको टाउको काटेको तस्बिरहरू देख्छु भनेर मैले वास्तवमा कहिल्यै सोचेको थिइनँ।‘
सामाजिक सञ्जालमा यस्ता तस्बिर भाइरल भइरहेका छन् । केही सञ्चारमाध्यमले पनि यसबारे समाचार प्रकाशन पनि गरेका छन् । तर इजरायलको सेनाले भने यसको पुष्टि गरेको छैन । बाइडेनको यो दाबीलाई बुझ्न बीबीसीले ह्वाइट हाउसलाई सम्पर्क गरेको थियो । तर ह्वाइट हाउसका एक अधिकारीले राष्ट्रपति बाइडेनको टिप्पणीबाट आफूलाई टाढा राख्दै बीबीसीलाई बाइडेनले त्यस्ता तस्बिरहरू नदेखेको बताए। अधिकारीले भने, ‘उहाँ (राष्ट्रपति बाइडेन) इजरायलबाट आएका रिपोर्टहरूको बारेमा कुरा गरिराख्नु भएको थियो ।’
शनिबार चरमपन्थी संगठन हमासले इजरायलमा आक्रमण गरेको थियो । त्यसपछि इजरायलले गाजामा जवाफी हमला जारी राखेको छ। यस रक्तपातपूर्ण द्वन्द्वमा इजरायल र गाजामा दुबै पक्षका कम्तीमा १२००–१२०० व्यक्तिको मृत्यु भएको छ। गाजामा अहिले बिजुली छैन। गएराति त्यहाँको अन्तिम पावर प्लान्टको इन्धन पनि सकिएको थियो । इजरायलले गाजामा बिजुलीसहित खाद्यान्न, औषधि र पानीजस्ता अत्यावश्यक वस्तुको आपूर्ति बन्द गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलविद्युत् आयोजनाका कारण तातोपानी कुण्ड सङ्कटमा
-
पश्चिम नवलपरासीमा श्रावणी महामहोत्सवको तयारी सुरु
-
ज्योति भण्डारीलाई प्रहरीले कम्बोडियाबाट ल्यायो काठमाडौँ
-
१० बजे १० समाचार : अदालतबाट राजुलाई राहत, कुलिङ पिरियडले किचलो
-
११ महिनामा बागमती सरकारको बजेट कार्यान्वयन ५० प्रतिशत पनि पुगेन
-
विपद् व्यवस्थापनमा खटिन नेविसंघको निर्देशन