बौद्धमा प्रहरी र लुटेरा समूहबीच जम्काभेट, दुई राउण्ड फायर
काठमाडौँ । काठमाडौंको बौद्धस्थित जगडोलमा प्रहरीले गोली चलाउँदा एकजना घाइते भएका छन् । दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।
लुटपाटमा संलग्न समूहसँग जम्काभेट हुँदा पेस्तोल देखाएपछि जवाफी फायर गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सोमेन्द्र सिंह राठौरले रातोपाटीलाई बताए ।
प्रहरीको गोली लागेर सिन्धुलीको कमलामाई नगरपालिका–२ घर भएका ३६ वर्षीय अमर घलान घाइते भएका छन् । घलानको दाहिने घुँडामुनी एक राउण्ड र तिघ्रामा एक राउण्ड गोली लागेको छ । उनलाई उपचारका लागि जोरपाटीस्थित नेशनल मेडिकल कलेजमा भर्ना गरिएको छ ।
घटनास्थलबाट दुईजनालाई पक्राउ गरिएको एसएसपी राठौरले जानकारी दिए । पक्राउ पर्नेमा सर्लाही घर भएका ३६ वर्षीय शन्त लामा र सिन्धुपाल्चोक घर भएका ३० वर्षीय जितेन लामा घाइते भएका छन् । लुटेरा समूहको दुइवटा मोटरसाइकल प्रहरीले बरामद गरेको छ ।
घटनास्थलबाट फरार रहेका केही ब्यक्तिलाई प्रहरीले खोजी रहेको छ । लुटेरा समूहको साथबाट प्रहरीले एक थान सनासो बरामद गरेको छ । सो समूहको साथबाट ९ एमएम पेस्तोल १ थान र ७ राउण्ड गोली पनि बरामद गरिएको एसएसपी राठौरले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय स्वतन्त्र पार्टीको बागमती प्रदेश अधिवेशनको चुनावी कार्यतालिका सार्वजनिक
-
प्रतिनिधि सभा बैठक |LIVE||
-
फिलिपिन्स भूकम्प : नेपाल सरकारद्वारा दुख व्यक्त, ऐक्यबद्धता प्रकट
-
रास्वपाद्वारा मधेस प्रदेश अधिवेशनका सम्पूर्ण गतिविधि स्थगित
-
ट्रम्प र नेतान्याहुबिच बढ्यो दूरी
-
रास्वपा बागमतीको सभापति बन्न २१ हजार तिर्नुपर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण