कोशीमा शेखर पक्षको विद्रोह, गगन समूहले दिएन साथ
काठमाडौँ । कोशी प्रदेशमा मुख्यमन्त्रीको दाबी पेश गर्ने मिति नजिकिँदै गर्दा सत्ता साझेदार दल नेपाली कांग्रेसभित्रको विवाद चुलिएको छ । मुख्यमन्त्री माओवादीलाई छाड्ने सभापति शेरबहादुर देउवाको निर्णयसँगै संस्थापनइतर पक्षले एमालेको साथ लिएर समानान्तर रुपमा दाबी पेश गरेको हो ।
हाल प्रदेशसभामा कांग्रेसका २९ सीटमध्ये शेखर–गगन समूहका १० जना सांसद छन् । एमालेको साथ पाएपछि अहिले शेखर कोइराला समूहका केदार कार्कीले मुख्यमन्त्रीमा दाबी पेस गरेका छन् । उपसभामुख बाहेक एमालेका ३९ सांसद रहेको एमालेले साथ दिँदा कोइराला पक्षका ८ जनाले केदार कार्कीलाई मुख्यमन्त्री बनाउन हस्ताक्षर गरेका छन् । जसमा महामन्त्री गगन थापा पक्षका मानिने भोजपूर (ख) बाट निर्वाचित सांसद विनोद वान्तवाको हस्ताक्षर छैन ।
भोजपुर कांग्रेसका जिल्ला सभापति समेत रहेका उनी महामन्त्री थापाका विश्वास पात्र हुन् । महामन्त्री थापा पार्टीको आधिकारिक निर्णयबिना केदार कार्कीलाई मुख्यमन्त्री बनाउन नहुने पक्ष रहेकोले वान्तवाले हस्ताक्षर गर्न नामानेको बुझिएको छ ।
यसबाहेक संस्थापनिइतर पक्षकै मोरङ २ (ख) का सांसद गयानन्द मण्डलले हस्ताक्षर गर्न अस्वीकार गरेका छन् । यद्यपि उनीहरुको हस्ताक्षरबिना पनि एमालेले साथ दिएपछि कार्कीले मुख्यमन्त्रीमा दाबी पेस गरेका छन् ।
९२ सदस्यीय प्रदेशसभामा बहुमत पुग्न ४७ सांसदको समर्थन आवश्यक छ । संविधानको धारा १६८ को उपधारा ५ अनुसार एउटै पार्टीका सांसदले स्वविवेकले कुनै सांसदलाई मुख्यमन्त्रीमा समर्थन गर्नसक्ने प्रावधान छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण