कालापानी विवाद अन्तर्राष्ट्रियकरण गर्नुपर्छ : जनमोर्चा
काठमाडौँ । राष्ट्रिय जनमोर्चाले कालापानी विवादलाई अन्तर्राष्ट्रियकरण गरिनु पर्ने बताएको छ । भारतले सो क्षेत्रलाई कब्जा गरेर भारतीय सङ्घमा मिलाउनका लागि लामो समयदेखि विभिन्न षड्यन्त्र गर्दै आएको भन्दै जनमोर्चाले यो मुद्दालाई अन्तर्राष्ट्रियकरण गर्नुपर्ने बताएको हो ।
नेपालको कालापानी क्षेत्रमा पर्ने गुन्जी गाउँमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाललाई पूर्व जानकारी नगराई भ्रमण गरेकोमा पनि सो पार्टीले आपत्ति जनाउको छ ।
पार्टीले जारी गरेको विज्ञप्तिमा भनिएको छ–'कालापानी क्षेत्रमा पर्ने गुन्जी लगायतका गाउँ दार्चुला जिल्लाको ब्यास गाउँपालिका-१ मा पर्दछन् । कुटी, गुन्जी, नाभी, न्यूराङ्, छोटाकैलाश सहितको कालापानी क्षेत्र नेपालको सार्वभौमसत्ता र राष्ट्रिय खण्डताभित्र पर्ने भूभाग हुन् । नेपाललाई कुनै जानकारी नै नगरी भारतीय प्रधानमन्त्री उक्त क्षेत्रमा भ्रमण गर्ने कुरा अन्तर्राष्ट्रिय कूटनीति, मर्यादा तथा शिष्टाचारको उल्लङ्घन हो । त्यसका साथै त्यो भारतीय साम्राज्यवादको नेपालप्रतिको हेपाहा तथा विस्तारवादी नीति नै हो ।'
भारतीय प्रधानमन्त्रीको भ्रमणबाट पनि कालापानी क्षेत्रको अतिक्रमित भूभाग भारतले सहज रूपमा छोड्ने र आफ्ना सेना फिर्ता लैजाने पक्षमा नभएको नै देखाउने भएकोले यो विवादलाई अन्तर्राष्ट्रियकरण गर्न ढिलाइ गर्न नहुने सो पाटीको मत रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण