मक्कामा गरियो प्यालेस्टिनीहरूका लागि प्रार्थना
रियाद । साउदी अरबको सरकारी टिभी च्यानलले मुस्लिमहरूको पवित्र सहर मक्काको हरम शरीफको इमामको भिडियो प्रसारण गरेको छ । यस भिडियोमा नमाजको नेतृत्व गर्ने इमामले प्यालेस्टिनीहरूको सुरक्षाको लागि प्रार्थना गरिरहेको सुन्न सकिन्छ।
इजरायली सेनाले गाजामा जमिनी कारबाही गर्ने तयारी गरिरहेको छ । इजरायलले त्यहाँका मानिसहरूलाई आफ्नो घर छोडेर गाजाको दक्षिणतर्फ जान निर्देशन दिएको छ।
यसैबिच साउदी अरबको सरकारी टिभी च्यानल अल इखबरियाले आफ्नो ट्वीटरमा भिडियो शेयर गरेको हो । यस भिडियो क्लिपमा इमामले अल-अक्सा मस्जिदको मुक्तिको लागि प्रार्थना पनि गरेका छन्।
पूर्वी जेरुसेलममा अवस्थित अल-अक्सा मस्जिद, मक्का र मदिना पछि मुस्लिमहरूको लागि सबैभन्दा पवित्र धार्मिक स्थल हो।प्यालेस्टाइनका मुस्लिमहरूका लागि प्रार्थना गर्दा इमामको आवाजमा पीडा भरिएको सुन्न सकिन्छ। यसपछि उनीहरूले मारिएकाहरूलाई अल्लाहले शहीदको दर्जा दिनु पर्ने भनिरहेका छन् ।
इजरायल र हमासबिचको पछिल्लो द्वन्द्व अघि साउदी अरब र इजरायलबीचको सम्बन्ध सामान्य हुन लागेको थियो । यो हमलापछि अधिकारीहरूले द्वन्द्व रोक्न कूटनीतिक पहल सुरु गरेका छन् । द्वन्द्वपछि साउदी युवराज मोहम्मद बिन सलमानले धेरै क्षेत्रीय शक्तिहरूसँग वार्ता गरेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुकुम्बासीका पीडाः सरकारले हेरेजस्तो गर्छ अनि हेप्छ
-
तत्कालीन उपाध्यक्ष र प्रशासकीय अधिकृतसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
गुठी संस्थानको प्रशासकमा शैलेन्द्र कुँवर नियुक्त
-
‘संस्थापन इतरका नेता-कार्यकर्ता ‘लास र दास’ होइनन्, कांग्रेसका असली भरोसा हुन्’
-
दुई विमानस्थलमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय
-
मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण